निर्देशकको दाबी: सलमानका कारण शाहरूखले गुमाउन सक्छन स्टारडम
यसपटक बलिउडका बादशाह कहलिने शाहरूख खानका दुई फिल्म 'दिलवालें' र 'फ्यान'ले वक्स अफिसमा सोचेजस्तो जादु चलाउन सकेनन्। यसले शाहरूखलाई केहि अप्ठ्यारो पारेको छ। शाहरुखको यो लगातारको असफलतालाई निशाना बनाउँदै बलिउड निर्देशक राम गोपाल वर्माले ट्विट गरेका छन्।
उनले ट्वीटरमा 'शाहरूखले सलमान का कारण आफ्नो स्टारडम गुमाउन सक्छन् जसरी कमल हसनले रजनीकान्तका कारण गुमाए', लेखेका छन्।
वर्माले शाहरूखले कमल हसनको गल्तीबाट पाठ सिक्नुपर्ने बताए। वर्माले शाहरूखको फिल्म छान्ने शैलीमा प्रश्म उठाएका छन्। उनले हालै शाहरुखले साइन गरेको आनन्द एल रायको फिल्मलाई लिएर आपत्ति व्यक्त गरेका थिए।
सो फिल्ममा शाहरुख एक होचा व्यक्तिको भूमिकामा अभिनय गर्दैछन् र राम गोपाल वर्माले यसलाई कमलको 'अप्पु राजा' फिल्मको मुख्य भूमिकासँग तुलना गरेका छन्।

0 comments
Write Down Your Responses