मेहेन्दीमा सजीईन् बीपासा बासु,आज बिहे गर्दै
नायिका बिपासा बासुले आफ्नो मेहेन्दी र संगीत कार्यक्रमका लागी गुलाबी रंगको लेहेङ्गा चुनेकी छिन् । उक्त कार्यक्रममा बिपासाको फिल्म उद्योगका साथिहरु शिल्ना सेट्टि कुन्द्रा,पति राज कुन्द्रा,बहन रमीता सेट्टि,रक्की एस र सोफी चौधरी सामेल भएका थिए ।३७ वर्षिय नायिका बिपासाले आज (अलोन) को सह कलाकार करण सिंह ग्रोवर सँग बैबाहिक बन्धनमा बाँधिदै छिन् । हातमा मेहेन्दी लगाएर बिपासा सजीएकी छिन् । त्यस्तै करणले सोसल मिडिया साईट ईन्स्टाग्राममा लेख्दै“तिमी मेरो सपना हो, जुन पुरा हुदैछ” भनेका छन् ।
शिल्पाले पनि बिपासा र करणको शुखि बैबाहीक जीवनको शुभकामना दिएकी छिन् । आज बिपासाको घरमा पराम्परागत बंगाली रीती रीवाजमा उनको बिहै सम्पन्न हुदैछ ।बिपासाको यो पहिलो बिहे हो भने करणको चाँही यो तेस्रो बिहे हो । करणले बिपासा सँग बिहे गर्नु पुर्वनै टिवी नायिका श्रद्धा निगम र जेनीफर विंगेट सँग बिहे गरेका थिए । अब बिपासा सँग उनको जोडि जम्ने र नजम्ने भविष्यामा नै थाहा हुनेछ ।


0 comments
Write Down Your Responses