अचम्म : बाँदरले बचायो ३० जनाको ज्यान
एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ कि एक बाँदरले कसरि ३० जनाको ज्यान बचाउन सक्छ । तर यो साँचो हो । गत शनिवार भारतमा भएको यो घटनापछि सबैले भनेका छन् बाँदरले अचम्मै गर्यो ।
शनिबार बैगलोरको श्रीरंगापट्नम क्षेत्रमा रहेको कावेरी नदीको किनारमा पुजाका लागि एक परिवार र उनका आफन्तहरु भेला भएका थिए । झण्डै ३५ जनाको संख्यामा उपस्थित उनीहरुले पुजा शुरु गरेका मात्र थिए । पुजा स्थलसँगै जोडिएको ठुलो रुखमा एक बाँदर आयो र पुजामाथी पर्ने गरि पिसाव गरिदियो ।
बाँदरले पिसाब गरिदिएपछि सबैलाई लाग्यो, पुजास्थल अपवित्र भयो । सबैले बाँदरलाई गाली गर्दे त्यहाँबाट उठे र नयाँ स्थानको खोजीमा लागे । तर ४ जनाभने सोहि स्थानमा बसिरहेका थिए । एक्कासी बाँदर रहेको रुख ढल्यो र पुजा स्थलमाथी बज्रियो । ४ जना मध्ये ४० वर्षिय एक महिलाको मृत्यु भयो भने अन्य तीनजना गम्भिर घाइते भए ।
त्यसपछि सबैलाई लाग्यो कि बाँदरले खतराकोे संकेत दिएको थियो । त्यसपछि त्यो बाँदर कहाँ गयो कसैलाई थाहा छैन तर उक्त बाँदरको चर्चा अहिले भारतीय मिडियामा व्यापक भैरहेको छ ।


0 comments
Write Down Your Responses