फेरि पक्राउ परे अर्का डन्, यस्तो छ रामकहानी
मंगलबार, १४ वैशाख
पथरी । अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका फरार व्यक्ति पक्राउ गर्ने अभियानअन्तर्गत पूर्व क्षेत्रीय अनुसन्धान समूहले आज सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका–४ का शिवराज दाहाल छन् । दाहाललाई अनुसन्धान समूहबाट खटिएको प्रहरीले विशेष सुराकी परिचालन गरी आज उनकै घरबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक कृष्ण पँगेनीले जानकारी दिए ।
दाहालउपर जिल्ला अदालत सुनसरीले २०६४ साल माघ १७ गते सरकारी छाप दस्तखत कीर्ते मुद्दामा एक वर्ष दश दिनको कैद सजाय तथा ११ लाख एक हजार १११ रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । फैसलासँगै उनी फरार थिए । पक्राउ परेका दाहाललाई आजै अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानका लागि जिल्ला कारागार मोरङ पठाइएको प्रनाउ पँगेनीले जानकारी दिए ।
यसैगरी मोरङ पथरी शनिश्चरे–१ स्थित मनकामना सामुदायिक वनबाट एक नाल भरुवा बन्दुकसहित एक जनालाई पथरी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतका अनुसार सो सामुदायिक वनमा बन्दुक पड्काएको आवाज आएपछि प्रहरीले पिछा गर्ने क्रममा एक नाल भरुवा बन्दुकसहित पथरी शनिश्चरे–८ का ४० वर्षीय राम अर्याललाई पक्राउ गरेको हो ।
nepalsandesh


0 comments
Write Down Your Responses