तितो करेलाको मिठो १० फाइदा जुन तपाई हरु लाई थाहा नहुन सक्छ ..
१. मधुमेह मधुमेहका रोगीहरुलाई करेला उपयोगी हुन्छ । मधुमेहका विरामीले करेला खाँदा रगतमा चिनीको मात्रालाई सन्तुलन राख्न मद्दत गर्छ । विशेषगरी टाइप–२ मधुमेहका रोगीहरुलाई करेला निकै फाइदाजनक हुन्छ ।
२. मृगौलामा पथरी करेला पथरी भएकाहरुका लागि पनि फाइदाजनक हुन्छ । साथै मृगौलामा पथरी भए करेला खानेगरेमा सो समस्याबाट छुटकरा पाउन सकिन्छ । करेला खानामा रहने तत्वले पथरलाई टुक्रा–टुक्रा पार्न काम गर्न गर्छ । जसले गर्दा टुक्रिएका पथरहरु पिसाव मार्फत शरीर बाहिर निस्कन्छ ।
३. क्यान्सर हुनबाट बचाउँछ करेलाले क्यान्सर हुनबाट बचाउँछ । यद्यपी यो सावित नभएपनि कयौं अनुसन्धानले करेला खानाले क्यान्सरसँग लड्न निकै मद्दत पुग्छ । करेला खाँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ ।
४. कलेजोलाई स्वस्थ राख्छ कलेजोलाई स्वस्थ राख्न करेला निकै उपयोगी हुन्छ । कलेजोलाई सफा र स्वस्थ राख्न करेला सहयोगी हुन्छ । करेला खानाले कोशिकाहरुको निर्माण पनि गर्छ । करेला नियमित खानाले कलेजो सम्बन्धी रोग लाग्न पनि कम हुने र यो लामो समय सक्रिय रहन सक्नेछ ।
५. हैजा हैजा लागेमा करेला खाए फाइदाजनक हुन्छ । करेलाको रसमा अलिकति प्याज र कागतीको रस मिसाएर खाएमा फाइदा पुग्छ । साथै ताजा करेला पिँधेर यसमा अलिकति नून मिलाएर हैजाका रोगीलाई २–३ पटक खान दिएमा फाइदा पुग्छ ।
६ कब्जियत हुँदैन करेला खाएमा कब्जियत हुनबाट मानिसलाई जोगाउँछ । करेलामा फाइबर हुने भएकाले पाचन प्रक्रियालाई मजबुद बनाउन करेला सहयोगी हुन्छ । साथै कब्जियतका रोगीहरुले नियमित करेला खाएमा छुट्करा पाउँछन् ।
७. तौललाई नियन्त्रण गर्छ करेलाले मानिसको तौललाई नियन्त्रणमा राख्ने काम पनि गर्छ । पाचनक्रियालाई सुचारु राख्न करेला सहयोगी मात्रै हुँदैन यसमा हुने कम मात्राको क्यालोरीले मोटोपन रोक्ने समेत काम गर्छ ।
८. आँखाको ज्योतिलाई बचाउँछ बच्चा देखि नै कतिपयलाई आँखा सम्बन्धी विभिन्न रोगले सताउने गर्छ । हुर्कने क्रमसँगै बालबालिकाहरुलाई आँखा सम्बन्धी विभिन्न समस्या देखा पर्छ । यस्ता समस्याबाट पीडित भएकाहरुले नियमित करेला खाएमा आँखाको ज्याति बचाउने काम गर्छ ।
९. छालाजन्य रोग करेलाले छालाजन्य रोगीलाई समेत फाइदा गर्छ। करेला नियमित खाएमा वा यसलाई मिश्रिमा पिसेर रातको समयमा लेप लगाउँदा पनि छालाजन्य समस्या अन्त्य हुन्छ । करेलाको रसमा कागतीको रस मिलाएर लाउँदा पनि मुसा, दाद लगायतका छालाजन्य समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
१०. पेटको दुखाई अन्त्य ठूलो चम्चाको एक चम्चा करेलाको रस मख्खनामा मिलाएर खाएमा पेटको दुखाई कम हुन्छ । करेलाको रस पेट दुखाईलाई रामबाण जत्तिकै फाइदा पुग्छ ।

0 comments
Write Down Your Responses