कमरेडले केटीको मोबाइल चोरेपछि…
काठमाडौं, १८ वैशाख । नेपालका अनेकथरि शिक्षक संगठनमध्ये विप्लवनिकट संगठनका महासचिव गोपाल प्रति सबै शिक्षकको आकर्षण छ ।
धेरै शिक्षक यसले लिएको उद्देश्य र लक्ष्यप्रति विश्वास गर्छन् तर यो संगठनका महासचिव गोपाल पाण्डेको चरित्र हेर्दा डाँको छाड्ने अवस्था आएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
०७० फागुन २४ गते अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समितिको आयोजनामा पद्मकन्या कलेज बागबजारमा पेसागत र शैक्षिक विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । गोपाल पाण्डेलगायत केही साथी अगाडि नै चौरमा गएर बसेका थियौँ । हाम्रो नजिकै एक जना पद्मकन्या कलेजकी छात्रा बसिरहेकी थिइन् । एकछिनपछि उनी उठेर गइन् । लगभग ७५ हजार पर्ने आइफोन त्यहीँ छाडिन् ।
हामीले केटीलाई बोलाएर दिनुप-यो भन्यौँ । गोपाल पाण्डेले मेरो भनेर पकेटमा राखे । त्यतिबेला उनी शिक्षकको केन्द्रीय सचिव थिए । एकछिनपछि ती केटी आएर मेरो मोबाइल यहाँ छुट्यो कि भनी खोजिन् । हामी सबैलाई सोधिन् ।
गोपाल पाण्डे चुपचाप बसिरहे । हामीभन्दा ठूलो नेताले मोबाइल राखेका थिए । उनले केही भन्छन् कि भन्ने डरले केही बोलेनाँै । ती केटी बेस्सरी रोइन् तर गोपाल पाण्डे आइफोन पकेटमा लुकाएर क्याम्पसको हलमा गए । ती केटी रुँदै बाहिर गइन् । एउटा आदर्श बोकेको शिक्षक नेता गोपाल पाण्डेले जनताकी छोरीको मोबाइल फिर्ता नदिँदा नरमाइलो लाग्यो ।
कम्युनिस्टले जनताबाट सापट लिएको सामान फिर्ता गर्ने स्कुलिङ पाएको थिएँ । गोपाल पाण्डेको व्यवहार देख्दा शंका लाग्यो । आज जनताको मोबाइल लुकाउनेले भोलि सत्तामा गए के गर्लान् भन्ने लाग्यो । उहाँको बारेमा कुरा उठाउन थालेँ । ०५५ सालतिर केन्द्रीय कारागारमा नाइकेसँग मिलेर आफ्नै माओवादी नेता देव गुरुङलाई उनले कुटेका थिए ।
शान्तिप्रक्रियापछि शिक्षक संगठनमा जोडिएर काम गर्न थाले । काठमाडौं उपत्यकाका निजी विद्यालयबाट पैसा उठाएर संगठनमा हिसाब कहिल्यै देखाएनन् । हामी निजी विद्यालयमा पढाउने शिक्षकले पेसागत मागको कुरा उठायाँै भने मालिकहरूले गोपाल पाण्डेलाई पैसा सहयोग गरेका छौँ भन्थे ।
मैले यस्ता हर्कतको विरोध गर्न थालँे । पार्टीले एउटा केन्द्रीय कार्यक्रमबाट उनलाई संगठनको महासचिव बनायो । यस्ताले शिक्षक संगठनको नेतृत्व के गर्लान् भनी गलत प्रवृत्तिको विरोध गर्न थाले ।
भण्डाफोर गर्न थालेपछि मलाई गलत नजरले हेर्न थालियो । संगठनमा बस्ने वातावरण बनेन । न्याय नपाएपछि पार्टी र संगठनबाट बाहिरिएँ । यही चैत १७ गते गोपाल पाण्डेले फेसबुक स्ट्याटसमा यस्तो लेखेका थिए, ‘मेरो २० वर्षको जीवन र बाबुको सम्पत्ति ०५२ सालको माओवादी हावा–हुण्डरीले खायो । मेरो सबै सकियो । मैले गुमाउनु के छ र ?’
उनले माओवादी पार्टी र जनयुद्ध गर्ने नेताहरूलाई हावा–हुण्डरी भनेका छन् । के प्रचण्ड, किरण र विप्लव हावा–हुण्डरी हुन् रु के जनयुद्ध हावा थियो रु जनयुद्धलाई हावा–हुण्डरी भन्नेलाई शिक्षक संगठनको महासचिव बनाइराख्न मिल्छ रु विप्लव कमरेड, यस्तो मान्छेले नेतृत्व गरेको ठाउँमा के भनेर शिक्षक संगठित हुन आउँछन् ।


0 comments
Write Down Your Responses