युरो कपको सेमिफाइनलका लागि कसको भिडन्त कोसँग

फ्रान्समा जारी युरो कप २०१६ को क्वाटरफाइनल समिकरण गएराति पुरा भएको छ। पहिलो पटक २४ राष्ट्र सहभागी प्रतियोगितामा अब आठ राष्ट्रमात्र बाँकी उपाधिका लागि भिड्दैछन्। आयोजक फ्रान्ससहित पोल्याण्ड, पोर्चुगल, वेल्स, बेल्जियम, जर्मनी, इटाली र आइसल्याण्ड अन्तिम आठमा प्रवेश गरेका छन्। डिफेन्डिङ च्याम्पियन स्पेनसहित बलियो दाबेदार इंगल्याण्ड गएराति आ-आफ्नो खेलमा पराजित हुँदै अन्तिम १६ बाटै घर फर्किए।

 प्रिक्वाटरफाइनलको पहिलो खेलमा स्विट्जरल्याण्डलाई पोल्याण्डले (४–५) पेनाल्टी सुटआउटमा हराएको थियो। यस्तै वेल्सले उत्तरी आयरल्याण्डलाई १-०गोल अन्तरमा हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो। यस्तै क्रोएसियालाई हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो। आयोजक फ्रान्सले आयरल्याण्डलाई २-१ले हराउँदै उपाधिको लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ।

 जर्मनीले स्लोभाकियालाई ३-० गोल अन्तरमा हराउँदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो। यता बेल्जियले हंगेरीमाथि ४-०को प्रभावशाली जित दर्ता गर्दै अन्तिम आठमा स्थान पक्का बनाएको हो। गएराति पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन स्पेनलाई २-० को गोल अन्तरमा हराएर इटाली क्वार्टरफाइनलमा प्रवेश गर्‍यो भने आइसल्याण्डसामू २-१ ले स्तब्ध हुँदै इंल्याण्ड बाहिरियो।

 क्वाटरफाइनल खेल कसको कोसँग 

असार १६ गते पोल्याण्ड Vs पोर्चुगल मध्यराति १२:४५ बजे

 असार १७ गते वेल्स Vs बेल्जियम मध्यराति १२:४५ बजे 

असार १८ गते जर्मनी Vs इटली मध्यराति १२:४५ बजे

 असार १९ गते फ्रान्स Vs आइसल्याण्ड मध्यराति १२:४५ बजेसेमिफाइनल


असार २२ गते - क्वाटरफाइनल १ को विजेता र क्वाटरफाइनल २ को विजेता-१२:४५ बजे राति

असार २३ गते - क्वाटरफाइनल ३ को विजेता क्वाटरफाइनल ४ को विजेता १२:४५ बजे राति 

फाइनल, असार २६ गते सेमिफाइनल १ को विजेता सेमिफाइनल २ को विजेता १२:३० बजे राति

0 comments

Write Down Your Responses