पेट्रोलियम पाइपलाइन अघि बढाउन भारतीय टोली नेपालमा

दुई देशबीच चर्चामा रहेको पेट्रोलियम पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारतीय प्रतिनिधि नेपालमा आएका छन् । लामो समयदेखि रोकिएको पाइपलाइन निर्माणको कामलाई सुचारु गर्नका लागि भारतीय प्रतिनिधि नेपालमा आएका हुन् ।पाइपलाइन विस्तारको कामलाई तत्काल अगाडि बढाउनका लागि इन्डियन आयल कर्पोरेसन आइओसीका प्रतिनिधिहरु नेपाल आएर सम्वन्धित निकायबीच छलफल गरेका छन् । आईओसी प्रतिनिधिले पाइपलाइन निर्माणको काम विस्तारमा सहयोग गर्ने नेपाली प्रतिनिधिलाई आग्रह गरेको छ । राजधानी दैनिक

0 comments

Write Down Your Responses