कांग्रेसले संसद अवरुद्ध गरिरहँदा भित्रभित्रै प्रधानमन्त्रीको भयकंर तयारी!

स्थानीय निर्वाचनबारे आयोगसँग छलफल
 काठमाडौं, १३ असार । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसदका बैठक निरन्तर अवरुद्ध गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली संविधान कार्यान्वयनका लागि भित्रभित्रै तयारी गरिरहेका छन् । बजेट संसदमा रोकिएपछि ओली संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष स्थानीय निर्वाचन गराउन जुटेका हुन् ।

 वर्तमान सरकारले स्थानीय निर्वाचन मंसिरमा गर्ने घोषणा गरिसकेको छ । सोही मितिमा स्थानीय निर्वाचन गराउन ओलीले भित्रि तयारी थालेको उनका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए । यसैक्रममा ओलीले सोमबार निर्वाचन आयोगको भ्रमण गर्दै स्थानीय निर्वाचन गराउने सरकारको योजना र तयारीबारे जानकारी गराएका छन् । विहान १० बजे आयोग कार्यालय पुगेका प्रधानमन्त्री ओलीले निर्वाचनबारे कायम मुकायम प्रमुख आयुक्त आयोधीप्रसाद यादवसँग छलफल गरे ।


छलफलमा कामु प्रमुख आयुक्त यादवले निर्वाचनसम्बन्धी कानुनहरु सरकारले चाँडै तयार गरे आयोग निर्वाचन गराउन तयार रहेको जानकारी प्रम ओलीलाई गराए । उनले मंसिरमा स्थानीय तहको निर्वाचन गराउन आयोग तयार रहेको भन्दै त्यसका लागि आवश्यक कानुन छिटो बनाउन आग्रह पनि गरे । सरकारले यही मंसिरभित्र स्थानीय तह, ०७४ जेठमा प्रदेश र ०७४ कात्तिक-मंसिर महिनामा प्रतिनिधि सभा र राष्ट्रियसभाको निर्वाचन गर्ने रोडम्याप सार्वजनिक गरिसकेको छ । निर्वाचनको तयारी सम्बन्धमा प्रधानमन्त्री ओलीको साथमा सरकारका केही मन्त्रीहरु र राजनीतिक दलका नेताहरु पनि आयोग पुगेका थिए । source-dainik nepal

0 comments

Write Down Your Responses