सन्यास लिएका मेस्सीबारे ज्योतिषको नयाँ भविष्यवाणी

काठमाडौं, १४ असार । अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका अर्जेन्टिनाका प्रख्यात फुटबलर लियोनल मेस्सीबारे ज्योतिषले नयाँ भविष्यवाणी गरेका छन् ।सोमबार कोपा अमेरिका फुटबलको फाइनलमा मेस्सीले पेनाल्टी मिस गरेका थिए भने अर्जेन्टिना चिलीसँग ४–२ गोल अन्तरले पराजित भएको थियो । यो नतिजापछि मेस्सीले अर्जेन्टिनाको टेलिभिजनमार्फत राष्ट्रिय टिमबाट अब नखेल्ने भन्दै सन्यासको घोषणा गरे । मेस्सीले सन्यास लिएपछि धेरै फ्यानहरुले दुःख व्यक्त गरे ।

 फुटबलका महान हस्तीहरुले समेत मेस्सीले सन्यास लिने बेला नभएको भन्दै निर्णय फिर्ता लिएर टोलीमा फर्किन दबाब दिइरहेका छन् । यसैबेला मेस्सीले सन्यास लिएको एकदिनपछि मंगलबार नेपालका चर्चित युवा ज्योतिष डा सुनील सिटौलाले सन्यास निर्णयबाट मेस्सी पछि हट्ने र पुनः खेलमा फर्कने बताएका छन् । उनले भनेका छन्- ‘मेस्सीले सन्यास फिर्ता लेलान कि नलेनान उनको भविश्य के होला भन्ने बारेमा ज्योतिष शास्त्रबाट विचार गर्दा सन्यास नलिने र पुनः खेलकुदमा फर्कने नै देखिन्छ ।’

0 comments

Write Down Your Responses