बिहे पछि विपाशा र करणको आयो योगा तस्विर

बिपाशा र करणले बिहे गरेपछि उनिहरुले आफ्नो फ्यानहरुको विभिन्न तरीकाले ध्यानाकर्षण गरीरहेका छन् । कहीले हनीमुन्को फोटो सेयर गर्छन् त कहीले अन्य गतिवीधीहरुको । ‘अन्तरराष्ट्रिय योगा दिवस’को अवसर पारेर यि हट कपल विपाशा वासु र करण सिंह ग्रोबरले एक तस्बिर शेयर गरेका छन् ।बिपाशा र करणले शेयर गरेका तस्बिरमा विपशा करणको खुट्टामा अडिएकी छिन् । करणले पनि विपाशालाई आफ्नो खुट्टाले जुरुक्कै उचालेका छन् । विपाशाले त योगाको डीभीडी नै सार्वजनिक गरेकी थिइन् । विपाशाले करणसँग योगा गर्दा आफूले जीम संझेको पनि लेखेकी छिन् । हनिमुनमा समेत रोमान्टिक देखिएको यो जोडी अझै पनि मस्ती गर्ने मुडमा रहेको प्रष्ट हुन्छ । यो जोडी आफ्नो स्वास्थ्यको बिषयमा धेरै नै सजग छ ।

0 comments

Write Down Your Responses