कसले लेखिदिन्छ मोदीको भाषण ? रोचक तथ्य ....
‘मोदीका भाषण विलक्षण व्यक्तिहरूको एउटा सामूहिक प्रयत्नको उपज हो,’ भारतका सामाजिक वैज्ञानिक भीष्मनाथन भन्छन् । मोदीको सार्वजनिक इमेजबारे समेत अध्ययन गरेका उनी भन्छन्, ‘मोदीको प्रस्तुतिका लागि पर्दापछाडिका नायक ओस्कारका लागि योग्य छन् ।’
छदम लेखक हुन्छन्
अमेरिकामा फ्रान्कलिन रुजुबेल्टको पालादेखि नै भाषण लेखक राष्ट्रपतिको एउटा अभिन्न अंशको रूपमा रहने गरेका छन् । वाकपाटुक्य शैलीका लागि जोन एफ केनेडी, रिचार्ड निक्सन, रोनाल्ड रेगानले बारम्बार सहयोगी लिए । वर्तमान राष्ट्रपति बाराक ओबामाले पनि आफ्ना मिठासपूर्ण भाषणमा छुट्टै सहयोगीबाट साथ लिएका छन् ।
तर, भारतमा भने नेताका प्रायः भाषण तयारीकर्ता भने छद्म नाममा देखा पर्छन् । उनीहरूको सर्वाधिक महत्व हुन्छ । तथापि सार्वजनिक रूपमा चर्चामा आउँदैनन् । सार्वजनिक कार्यक्रमा सम्बोधन गर्नुअगाडि प्रायः राजनीतिज्ञ आफँै तयारी गर्न अल्छी गर्छन् । उनीहरूका सहयोगी विज्ञले यस्तो तयारी गरिदिन्छन् ।
भाषण लेखकको भूमिका फरक–फरक हुन्छ । भाषणलाई थप आकर्षक बनाउन नेताहरूको आलंकारिक सीपमा पनि भर पर्छ । भाषण सुन्ने दर्शकलाई रमाइलो प्रदान गर्ने कि आफ्नो औपचारिकता निर्वाह पूरा गर्ने भन्ने स्वयं नेतामा भर पर्ने विषय हो । तर, मोदी भने अलंकार थप्ने औँला गन्न सकिने नेतामध्येका एक हुन् । पार्टीले भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्दा सन् २०१३ मा आयोजित स्वतन्त्र दिवसको सन्दर्भमा गरेको मोदीको भाषण निकै दमदार थियो । उनको शैलीलाई तत्कालीन ‘भद्र’ प्रधानमन्त्री मनमोहन सिंहसँग तुलना गरिएको थियो । यद्यपि, सिंह स्वयं स्वाभाविक वक्ता थिएनन् । तैपनि बोलीमा भने दम थियो । उनका प्रेस सल्लाहकार सञ्जय बरूले मनमोहनका लागि १ हजार भाषण लेखिदिएका थिए ।
भाषणमा नेहरू पृथक्
धाराप्रवाह वक्ता जहाहरलाल नेहरू आफ्नो भाषण आफैँ लेख्थे । भाषण लेख्न अधिकांश समय बिताउँथे । नेहरू भाषणमा अरूमाथि खासै भर पर्दैनथे । मासमा उनको बोल्ने शैली सशक्त थियो ।
भारतमा नेहरूपछिका प्रायः प्रधानमन्त्रीले भने व्यावसायिक भाषणकर्ता र प्रेस सल्लाहकारको सहयोग लिने गरेका छन् । पूर्वसम्पादक वा पत्रकार प्रायः प्रधानमन्त्रीको रोजाइमा पर्ने गरेका छ्न् । प्रधानमन्त्री मोदीका पनि यस्तै पात्र छन् । ‘प्रधानमन्त्री मोदीका लागि भाषण लेखनका दुईओटा तरिका छन् ।
सुरुमा त भाषण लेखनकर्ताको सामू उनी बस्छन् र आपूmले भन्न चाहेको कुरा टिपाउँछन् । विशेष अवसर जस्तै– स्वतन्त्रता दिवस, महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरमलगायतका समसामयिक विषयमा भन्न चाहेको कुरा बोल्छन् । भाषण लेखनकर्ताले टिपोट गर्छन्,’ बरू भन्छन् ।
तर सार्वजनिक महत्वका कार्यक्रममा व्यक्त गर्नुपर्ने औपचारिक मन्तव्यका लागि विषयको सन्दर्भअनुसार भाषण लेखकले नै पहल गर्छन् । उनीहरूले विभिन्न मन्त्रालय र विभागबाट सूचनाहरू संग्रह गर्छन् । राजनीतिक भाषणका सवालमा पार्टीका अधिकारीहरूले समेत महत्वपूर्ण बुँदा दिन्छन् ।
तर, भाषण लेखनमा प्रधानमन्त्रीको कार्यालयले पनि उत्तिकै भूमिका खेल्छ । ‘भाषण तयारका लागि समसामयिक सूचना प्राप्त गर्न प्रधानमन्त्रीको कार्यालय पनि सुसज्जित हुन्छ,’ पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको भाषण लेखेका सुधीन्द्र कुलकर्णी भन्छन् । पूर्वप्रधानमन्त्री बाजपेयीले भाषणको ड्राफ्ट दिने गरेको उनी बताउँछ । ‘
बाजपेयी स्पष्ट विचारसहित भाषणको ड्राफ्ट दिन्थे,’ उनी भन्छन् ।
गान्धी आफैँ लेख्थे
राजीब गान्धी स्वयंले पनि भाषण लेख्ने गरेको गान्धीका सहयागीहरू बताउँछन् । भाषणमा पूर्वप्रधानमन्त्री मनमोहन सिंह पनि साहित्यिक रङ दिन चाहन्थे । ‘ऋण मिनाहका विषयमा मैले भाषण लेखिरेका वेलामा उनले ओलिभर गोल्डस्मिथका वाक्यांश उच्चारण गरे । देशमा किसानको महत्व कस्तो हुन्छ भन्ने विषयमा ओलिभरको प्रसंग राख्न उनले आग्रह गरे,’ बरू भन्छन् ।
बाजपेयी वाकपटुताका धनी
बाजपेयी वाकपटुताका धनी थिए तर प्रधानमन्त्रीका रूपमा भने आफ्ना अभिव्यक्तिप्रति उनी निकै सचेत थिए । ‘उनी आफ्नो भाषणको तौलप्रति अत्यधिक सचेत थिए । हरेक अभिव्यक्ति सकारात्मक होस भन्ने चाहन्थे । सबै तथ्यलाई परीक्षण र पुनर्परीक्षण गर्थे,’ कुलकर्णी भन्छन् । बाजपेयीले एकपटक मध्यप्रदेशका एक मन्त्रीलाई सरकार चलाउन कविता लेख्नजस्तो सहज नभएको बताएका थिए । ‘मन्त्री, सरकार चलाना कवित लिख्ना नही हें,’ बाजपेयीले भनेका थिए ।khabardabali

0 comments
Write Down Your Responses