शिल्पा संग सम्बन्ध नबिग्रेको बताउछन राज,ब्यस्तताको कारण फैलियो अफवाह

shilpa-shetty-raj-kundraबलिउडका स्टारहरु एकातिर बैबाहीक बन्धनमा बाँधिइ रहेका छन भने अर्को तर्फ जोडि टुटेका न्युज हरु पनि आइ रहेका छन ।बलिउड कै टप जोडिको रुपमा रहेका राज कुन्द्रा र शिल्पा शेठ्ठीको जोडी पनि संगै नरहने चर्चा चल्दै गर्दा शिल्पाका पति राजले उनीहरु बिचको सम्बन्धमा कुनै दरार नआएको स्पस्ट पारेका छन ।ब्यबशायिक जरुरी कामको कारण घरमा धेरै समय दिन नपाए पछि बिभिन्न किसीमका अडकल बाजिहरु शुरु भएको राजको भनाइ छ ।केही दिन अघि मात्रै छोराको चौथो जन्म दिन संगै मनाए पनि उनिहरु बिच असहमति रहेको चर्चा चलेपछि राजले मिडियाहरु मार्फत सम्बन्धमा किचलो नआएको स्पष्ट पारेका हुन ।

0 comments

Write Down Your Responses