Health
»
थाहा पाइराखौं–यौन रोग लाग्दा के हुन्छ ?
थाहा पाइराखौं–यौन रोग लाग्दा के हुन्छ ?

एजेन्सी । तपाईंले अलिकति पनि यौन रोग लाग्ने खालको जोखिमयुक्त काम गर्नुभएको छ भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुहोला । रोगका लक्षण नदेखिए पनि चिकित्सकको सल्लाह पूर्णरूपले पालन गर्नुहोला । जति दिनसम्म औषधि खानु भनेको छ, नछुटाई नबिराई खानुहोला ।उपचार अवधिभर यौन क्रियाकलाप पूर्णरूपमा परहेज गर्नुहोला । उपचारका अवधिमा तपाईँले यौनसम्पर्क गर्नुभयो भने तपाईँको यौनसाथीलाई तपाईँले रोग सार्न सक्नुहुन्छ ।
एचपिभी, एचआइभीजस्ता भाइरसबाट हुने रोग निको नहुने रोग हुन् । यी रोगका लक्षण नदेखिए पनि तपाईँले आफ्नो यौन साथीलाई यी रोग सार्न सक्नुहुन्छ । यौन रोगमा दुवैजना यौन साथीले उपचार गर्नुपर्छ । असुरक्षित संपर्क भएको छ भने यौन रोग संभावना सधैँ रहन्छ । कतिपय यौन रोगले लक्षण नै नदेखाएका हुनसक्छन् तर व्यक्ति यौन रोगबाट ग्रस्त भइसकेको हुन्छ ।
निको हुने यौन रोगका हकमा भने चिकित्सकको सल्लाहअनुसार उपचार गराउनु होला र रोग निको भए नभएको परीक्षण गर्दै जानुहोला । भविष्यमा जोखिमयुक्त र असुरक्षित यौन संपर्क नगर्नुहोला । अन्यथा तपाईँले शारीरिक पीडा र मानसिक तनावको भागिदार हुनुपर्नेछ ।
0 comments
Write Down Your Responses