फेसबुकबाट फेरि भयो अर्को ठूलो अपराध, प्रहरी नै चकित

1वैशाख । फेसबुकबाट चिनजान गरी प्रेमको नाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । उनले युवतीहरुबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीले बताए । जेल चलाउन भएका तामाङ पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गर्दै आएका थिए । तर, उनी पहिलेदेखि नै नामी ठग भएको प्रहरी अधिकारीहरु बताउँछन् । उनी सिफलनजिकै तीनतले घर भाडामा लिए बस्दै आएका थिए । घरमा एसीसमेत जडान गरेका थिए । महंगा फर्निचरहरुले सजाइएको उनको फ्ल्याट भीआपीको जस्तो देखेपछि प्रहरी अधिकारीसमेत चकित भएका थिए । प्रहरीले उनकी श्रीमतीलाई पनि पक्राउ गरेको थियो । उनी भने घरौटीमा छुटेकी छिन् । dainiknepal

0 comments

Write Down Your Responses