हिन्दु धर्मको अपमान गरेको विरोधमा भारत प्रशासित जम्मू–कश्मीरमा साम्प्रदायिक हिंसा भड्कियो

kishtwar-14_081113121740भारत प्रशासित जम्मू–कश्मीरमा मुस्लिम समुदायका दुई यूवकले हिन्दु धर्मको अपमान गरेको विषयलाई लिएर साम्प्रदायीक हिंसा बढ्ने देखिएको छ । त्यहाँको स्थानिय प्रशासनले शहरको केहि क्षेत्रमा कफ्र्यू घोषणा गरेको छ भने ईन्टरनेट सेवा समेत बन्द गरिएको छ ।प्रत्यक्षदर्शीका अनुसार मंगलबार रुपनगर क्षेत्रमा अवस्थित शिव मन्दिरमा दुई यूवकले तोडफोड गरेको विषयलाई लिएर हिंसा भड्किएको हो । 

एक प्रहरी अधिकारीले पनि मन्दिरका पूजारीमाथि हातपात गरेको स्थानियको आरोप छ । त्यसको विरोधमा प्रदर्शनकारीहरुले प्रहरी कार्यालयमा समेत तोडफोड गरेका छन् ।उनीहरुले केहि सवारी साधनमा तोडफोड गर्नुका साथै केहि विद्यालयमा समेत क्षति पु¥याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ । कट्टर हिन्दुवादी संगठन श्रीराम सेनाले बुधबार जम्मूमा हड्ताल गरेको हो ।

0 comments

Write Down Your Responses