National
»
कांग्रेसले जम्मा गरेको पैसा एमालेले यसरी बाँड्यो : देउवा
कांग्रेसले जम्मा गरेको पैसा एमालेले यसरी बाँड्यो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले जम्मा गरेको पैसा एमाले सरकारले बाँडेको आरोप लगाएका छन्।
नेपाल तरुण दल बागलुङको चौथो जिल्ला अधिवेशनको शनिबार बागलुङमा उदघाट्न गर्दै देउवाले वर्तमान सरकारले आफनो गति भन्दा माथि गएर अहिलेको बजेट ल्याएको बताएका छन्।
हेलिकप्टर चढेर जिल्लाको विकट गाउँ तमान पुगेका देउवाले गत वर्षको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण धेरै नेपालीले दुःख व्यहोर्नु परेको भन्दै सोही बेला कांग्रेस नेतृत्वको सरकारले संकलन गरेको बजेट वर्तमान सरकारले आफूखुसी वितरण गरेको आरोप लगाएका छन्।
उनले मुलकमा नयाँ संविधान कांग्रेसको नेतृत्वमा जारी भएको र यसको कार्यान्वयन पनि कांग्रेसले गर्ने बताए।
‘सरकारका आयु धेरै दिन नरहेको कारण प्रधानमन्त्री बेला बेलामा बर्बराएका छन्। अब मुलुकलाई अगाडि बढाउन कांग्रेस नेतृत्व आवश्यक छ।’
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले देशका हरेक कार्यमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको भन्दै कार्यकर्ता माझ पार्टीलाई एक बनाएर अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे।
संविधान निर्माणपछि प्रादेशिक संरचनाहरू निर्माण हुने भएकाले स्थानीय निकाय, प्रादेशिक संरचनामा हुने निर्वाचनका लागि तयारी अवस्थामा बस्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह समेत गरे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड, सुरेन्द्र पाण्डे, गुरुराज घिमिरेले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि कांग्रेसले नेतृत्व लिने दावी गरे।
0 comments
Write Down Your Responses