यसरी हेर्नुहाेस् एसएलसीको नतिजा ।
२०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा भोलि (बिहीबार) सार्वजनिक हुर्दैँ छ । गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा यसवर्षदेखि अक्षराङ्क अर्थात ग्रेडिङ प्रणालीमा हुनेछ ।नौ ग्रेडिङमा परीक्षाफल
एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराउनुभयो ।
९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’
८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’
६० देखि ७० प्रतिशत ‘बी’
५० देखि ६० प्रतिशत ‘सी प्लस’
४० देखि ५० प्रतिशत ‘सी’
३० देखि ४० ‘डी’ प्लस
२० देखि ३० ‘डी’ र
१० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको छ ।
नियमित, प्राविधिक र पुरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिने छ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ ।


0 comments
Write Down Your Responses