थाहपाईराखौ :कति पटकको डेटिङपछि शुरु हुन्छ त सेक्स ?
एजेन्सी । प्राय युवा युवतीहरु एक न एक सगं प्रेम सम्बन्धमा बाँधिएका हुन्छन् । प्रेम सम्बन्धमा बाँधिने मध्येका प्राय युवायुवतिहरु वीच यौन सम्वन्ध रहने गर्दछ ।
नेपाली समाज पनि यौन को विषयमा खुल्न थालेको पाइन्छ भने पश्चिमा समाजहरुमा यौनलाई सामान्य रुपमा लिइन्छ । यसै विषयमा गरिएको एक अधययनले औसातमा चौँथो पटकको डेटिङदेखि उनीहरु यौन सम्बन्धमा जोडिने गरेको निष्कर्ष निकालेको छ ।
टाइम आउट डट कमले विश्वका विभिन्न सहरमा गरेको एक अध्ययनका आधारमा युवा युवतीहरु कम्तीमा पनि चार पटकको डेटिङपछि यौन सम्बन्धमा बाँधिने गरेको भेटिएको छ ।
११ हजार मानिसहरु लाई सामेल गरेर गरिएको अधययनले यौन सम्बन्ध बाहेक अन्य विभिन्न तथ्यहरु पनि बाहिर ल्याएको छ ।
अध्ययन अनुसार डेटिङका लागि विश्वको सबैभन्दा लोकप्रिय सहर फ्रान्सको राजधानी पेरिस हो ।
चीनका जोडिहरु आफ्नो तेस्रो डेटिङबाट विवाहको कुरा गर्न थाल्छन् । त्यस्तै डेटिङको अवसर मिलाउने राम्रो माध्यम अनलाइन बन्ने गरेको अध्यायनले देखाएको छ ।
अध्ययन अनुसार ४० प्रतिशतले दोश्रो डेटिङको लागि समय निर्धारण, २८ प्रतिशतको डेटिङ निरासामा परिणत भएको र १५ प्रतिशतको डेटिङ मित्रतामा टुंगिने गरेको देखिएको छ ।


0 comments
Write Down Your Responses