National
»
'मेरो ट्याक्सी जलाउने छुटिसकेछन्, मैले पत्तै पाइनँ'
'मेरो ट्याक्सी जलाउने छुटिसकेछन्, मैले पत्तै पाइनँ'

काठमाडौँ : बिहीबार बिहान नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीका कार्यकर्ताले बन्दको क्रममा ट्याक्सी जलाएपछि सुन्दर कार्कीको दिनको भोक र रातको निद्रा दुवै हराएको छ। आफ्नो ट्याक्सी जलाउने पक्राउ परेपछि केही राहत महसुस गरेका थिए सुन्दर कार्कीले। तर उनको ट्याक्सी जलाएको आरोपमा पक्राउ परेकाहरु १२ घण्टामै छुटेपछि उनी निरास बनेका छन्।
शुक्रबार बिहान महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी प्रद्युम्न कार्कीलाई ट्याक्सी जलाएको आरोपमा पक्राउ परेका व्यक्तिमाथि कस्तो कारबाही प्रक्रिया अघि बढिरहेको छ भन्नेबारे जानकारी माग्दा उनले उनीहरु हिजै छुटिसकेको बताए।ट्याक्सीमा आगो लगाएको उजुरी र चालकको बयानको आधारमा प्रहरी बिहीबार विप्लव माओवादी निकट ट्रेड युनियनका अध्यक्ष योगेन्द्र कुमाल र उनका सहयोगीलाई पक्राउ गरेको थियो।
एसपी कार्कीका अनुसार ट्याक्सी जलाएको प्रमाण नपुगेपछि जिल्ला प्रशासन कार्यलय काठमाडौँको आदेशमा उनीहरुलाई प्रहरीले छोडेको हो। ‘हामीसँग २४ घण्टाभन्दा बढी राख्ने कानुन छैन’ उनले भने, ‘तर हामी घटनाको छानबिन भने गरी नै रहेका छौँ।‘
त्यसपछि हामीले पीडित सुन्दर कार्कीको प्रतिक्रिया लिन खोज्यौँ। उनले यो ट्याक्सी फाइनान्सको चर्को ब्याजमा ऋण लिएर किनेर पास गरेको दुई साता पनि बितेको थिएन। जलाएको आरोपमा पक्राउ परेकाहरु छुटिसकेको कुरा थाहा पाएपछि एकछिन त उनी ट्वाल्ल परे। त्यसपछि मलिन स्वरमा भने, ‘के गर्नु यहाँ यस्तै छ। अहिलेसम्म पीडितले क्षतिपूर्ति पाएको थाहा छैन।‘
यो पनि हेर्नुस्-
विप्लवको बन्दले खरानी भएको सुन्दरको सपना : किनेको दुई हप्ता नबित्दै जल्यो ट्याक्सी
0 comments
Write Down Your Responses