रिलिज भएको हप्ता दिन नबित्दै अर्चना पनेरुको “छेस्को” यसकारण इन्टरनेटमा भाइरल ...
काठमाडौं, जेठ २७ । अर्चना पनेरुले अभिनय गरेको पहिलो चलचित्र छेस्को हलमा रिलिज भएको १ हप्ता नवित्दै इन्टरनेटमा भाइरल बनेको छ ।
प्रायः नेपाली चलचित्रहरु हलमा चलिसकेपछि लामो समयसम्म सिडी, डिभिडी तथा इन्टरनेटमा आउँदैनन् । केही वर्षअघिसम्म हलमा हेर्न छुटाएको नेपाली चलचित्र हेर्न दर्शकलाई २,३ वर्ष कुर्नुपर्ने हुन्थ्यो । तर अहिले युटुव र इन्टरनेटमा चलचित्र हालेर दर्शक बटुल्ने चलन बढेको छ ।
जेठ २३ गते रिलिज भएको चलचित्र छेस्को जेठ २६ गते नै हाइलाइटस नेपालले युटुवमा राखेकाे छ । २ दिनमै यसलाई ७० हजारले हेरिसकेका छन् । नेपाली चलचित्र छेस्को हलमा चलेको केहि दिनमै युटुवमा सार्वजनिक हुनु निर्माताले हलबाट भन्दा इन्टरनेटबाट लगानी उठाउने मनसाय भएको बुझन सकिन्छ । पोर्न फिल्म खेल्छु भनेर चर्चामा आएकि अर्चना पनेरुलाई निर्माता सुरेश प्रधानले नेपाली चलचित्र छेस्कोमार्फत सार्वजनिक गरेका थिए । उनको नाममा बनेको चलचित्रको टिजरलाई पनि यूटुवमा लाखौंले हेरेका थिए । अश्लिल रुपमा सार्वजनिक गरिएपनि चलचित्र छेस्कोमा भने त्यति अश्लिलता छैन । हलमा नचलेको चलचित्र युटुवमा सार्वजनिक गरेर केही नाम र दाम कमाउने कोशिश अहिले निर्माताले गर्न थालको बुझिन्छ ।
इन्टरनेटमा चलचित्रहरुको पाइरेसीको डरले हरेक निर्मातालाई सताइरेको हुन्छ । यसअघि पनि दर्शकले मनपराएको चलचित्र ‘पशुपति प्रसाद’ रिलिज भएर हलमा चलिहरेको बेला युटुवमा पाइरेसीमा परेको थियो । जसले निर्मातालाई निकै घाटा बेहोर्नुपरेको थियो । सतिप्रथामा बनेको चलचित्र ‘झोला’ को पाइरेसी काण्डले निर्माता कपिराइटस विरुद्धको मुद्धा नै हाल्ने अवस्थामा पुगेका थिए ।


0 comments
Write Down Your Responses