भियाग्रा प्रयोगकर्ताका लागि खुसीको खबर, अब चक्की खानु पर्दैन

भियग्राको चक्की प्रयोग गर्नेहरुका लागि खुसीको खबर । अब भियाग्रा चक्की खानु नपर्ने भएको छ । यसको सट्टामा शरिरको कुनै भागमा स्टिकर लगाए हुने भएको छ । स्टिकर पेट वा हातमा लगाए यसले काम गर्छ । वैज्ञानिकहरुको दाबी रहेको छ कि वियाग्राभन्दा पनि यसले छिटो काम गर्छ । यसको कुनै साइड इफेक्ट पनि गर्दैन । वियाग्रा प्याच विकास गरेका वैज्ञानिकहरु भन्छन्,‘भियाग्रा चक्की खादाँ एक्टिभ हुन एक घण्टा लाग्थ्यो तर यस स्टिकरको प्रयोग गरेपछि एकमिनेटमै एक्टिभ भइन्छ ।’ यसको असर शरिरमा लामो समयसम्म रहने वैज्ञानिकहरु भन्छन् । मानिसहरुको क्षमता करिब २ देखि १० घण्टासम्म राख्ने उनीहरुको दाबी रहेको छ । चक्कीको प्रयोग गर्दा मस्कुलर पेन, टाउको दुख्ने, पाचन नहुने, जस्ता समस्याहरु देखिएका थिए । तर यो स्टिकर प्रयोग गर्दा त्यस्तो कुनै समस्या देखिदैन । यो स्टिकर बजारमा छिट्टै ल्याउने तयारी भइरहेको वैज्ञानिकहरुले जानकारी दिएका छन् ।

0 comments

Write Down Your Responses