ओली र दाहाल बीच राष्ट्रिय सहमतिको सरकार गठनवारे छलफल सुरू...!

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रिय सहमतिको सरकार गठनवारे छलफल भएको छ । छलफलमा संविधान कार्यान्वयनवारे समेत छलफल भएको बताईएको छ ।नयाँ सरकार गठनवारे सत्तारुढ दल नेकपा माओवादी केन्द्र र एमालेकै केही नेताहरुवाट धारणाहरु सार्वजनिक भईरहेको अवस्थामा अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।

 भेटकाक्रममा राष्ट्रिय सरकार गठनको आवश्यकता भएपनि त्यसकोलागि नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरु सहमतीमा ल्याउनु पर्नेमा दुई नेताले धारणा राखेको बताईएको छ । यस्तै गरी संविधान कार्यान्वयनको सन्दर्भमा प्रमुख दलहरुबीच न्यूनतम सहमतिको खाचो पर्ने भन्दै जायज कुरामा प्रतिपक्षीले अड्को थाप्ने काम गर्न नहुनेमा दुई नेता सहमत भएका छन् । बजेट लोकप्रिय आएको कारण यसको कार्यान्वयनमा दु्रतका साथ लागिपर्नेमा पनि ओली र दाहाल सहमत भएको बताईएको छ ।

0 comments

Write Down Your Responses