ड्रिम्स फिल्मको पाइरेसीमा हाइलाइट्स नेपाल कै कर्मचारीको सम्लग्नताको भयो पुस्टी,भुबन द्धारा नब्बे लाख क्षति पुर्तिको दाबि
चलेका फिल्महरुको कपि फिल्म प्रदर्शनको केही दिन पछिनै मानिसको पेन ड्राइभ र ल्याप टपहरुमा आउन थालेपछि निर्माताहरुलाइ तनाब भइ रहेको थियो ।स्वदेशमा राम्रो ब्यापार गरे पछि बिदेश लागेका निर्माता निर्देशक भुबन केसीको फिल्म ड्रिम्स पनि प्रदर्शन भएको केही दिन पछि नै ड्राइभ टु ड्राइभ कपि भइ रहेको थियो ।तर नायक भुबनको फिल्म पाइरेसि गर्ने जड पत्ता लागेको छ ।
भुबनको फिल्म ड्रीम्स रीलिजको एक बर्ष पछि यु ट्युबमा रीलिज गर्ने अधिकार सहीत डिजिटल राइट हाइलाइट्स नेपाललाइ दिएका थिए ।तर हाइलाइट कै कर्मचारी बिधान गुरुङले चन्द्र नाभाजु संग मिलेर फिल्मलाइ बजार सम्म पुराउने गैर कानुनी कार्य गरेको सार्बजनिक भइ सकेको छ ।बिधान र चन्द्र लाइ उनिहरुको उपकरण सहीत प्रहरीले पव्रmाउ पनि गरी सकेको छ ।हाइलाइट्स नेपालका ओम ग्ुारुङले पनि आफ्नो कार्यालयकै कर्मचारी दोषि देखीएको स्वीकार गरी सकेका छन । फिल्म अझै धेरै स्थानमा प्रदर्शनमा आउन बाँकी रहेकाले करोडौ नोक्सानी भए पनि नब्बे लाख क्षतिपुर्तिको दाबि भुबनको रहेको छ ।हाइलाइट्स नेपालका ओम गुरुङ आफने पनि डिजिटल रीलिज अगावै फिल्म सार्बजनि भएकोले लाखौ क्षति भएको भनाइ रहेको छ ।

0 comments
Write Down Your Responses