सलमानको छाडेर कट्रिनाले रोजिन् साहरुखकाे फिल्म, मन्नतमा ६ घन्टा के गरिन् ?

srk and katrinaनायिका कट्रिना कैफ गएराती १० बजे बलिउड नायक साहरुख खानको घरमा प्रवेश गरिन् । उनी बिहान साढे ४ बजेसम्म मन्नतमा नै रहेको केही मिडियाको दाबी छ । यी दुइले नयाँ चलचित्रका लागि कुरा गरेको मिडियाको दाबी छ । खबरका अनुसार कट्रिनाले साहरुख खानसँग नयाँ चलचित्रमा संझौता गरेकी छिन् । आनन्द एल रायले निर्देशन गर्ने चलचित्रमा कट्रिना र साहरुखको जोडी पक्का भएको गसिप बजारमा चर्चा छ । कैफलाई सलमान खानले काम गर्ने नयाँ चलचित्र ‘ट्यूबलाइट’मा पनि अफर गरिएको थियो । तर, एकसाथ छायांकन सुरु हुने भएपछि कैफले साहरुखसँग काम गर्न तयार भएको चर्चा छ । हुनत, बलिउड गसिप बजारमा रंगिने गर्छ । गसिप बजारमा कलाकारका यस्ता खबर फैलनु स्वभाविक नै हो । यदि, साहरुख र कट्रिनाको जोडी एकसाथ आयो भने यो दोश्रो पटक हुनेछ ।

0 comments

Write Down Your Responses