भारतीय दूतावासले नेपाललाई मुछेर किन जारी गर्यो सर्कुलर ?
काठमाडौं, २० जेठ । भारतले चीनको कैलाश मानसरोवर जाने आफ्ना नागरिकलाई नेपालको नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै यस क्षेत्रको मौसम प्रतिकूल रहेकाले मार्ग प्रयोग नगर्न भनेको हो ।ठूलो संख्यामा भारतीय नागरिक निजी पहलमा नेपालगन्ज–सिमिकोट–हिल्सा हुँदै कैलाश मानसरोवर गइरहेका छन् । यीमध्ये केहीले हिल्सा र सिमिकोटमा बसोबासको समस्या भोग्नुपरेको सूचना हामीलाई प्राप्त भएको छ,’ ट्राभल एडभाइजरीमा उल्लेख छ, ‘आगामी साता यी स्थानमा मौसमको अवस्था झन् बिग्रने देखिन्छ । भारतीय नागरिकलाई नेपालगन्ज–सिमिकोट–हिल्सा मार्ग प्रयोग नगर्न हाम्रो सुझाव छ।’
खराब मौसमका कारण हिल्साबाट सिमिकोट र सिमिकोटबाट नेपालगन्ज उद्धार गर्न अप्ठेरो भएको भारतले जनाएको छ । तीर्थयात्रीको समयमै उद्धार गर्न नेपाल सरकार र ट्राभल एजेन्सीको सहयोगमा सबै सम्भावित विकल्प खुला राखिएको समेत बताइएको छ ।
नागरिक दैनिकमा समाचार छ ।
dainiknepal


0 comments
Write Down Your Responses