बेलायतवासी नेपालीलाई के देखाइन् ज्योतीले ?
काठमाडौं । सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगेकी ज्योती मगरले वेलायतमा बसेका नेपाली दर्शकलाई आफ्नो पुष्ट ज्यान देखाएर मख्ख पारेकी छिन् ।
सपन इन्टरटेनमेन्ट लिमिटेडको आयोजनामा सुरु भएको ‘बबाल धमाका’ अन्तरगत लण्डनको अल्डरसटस्थित एम्पायरमा ज्योतीले प्रस्तुति दिएकी थिइन् ।
प्रारम्भमा हाफ गुन्युचोलीमा स्टेजमा प्रस्तुति भएकी ज्योतीले दर्शकलाई सन्तुष्ट बनाउन सकिनन् ।
आयोजक संस्था सपन इन्टरटेनमेन्टका निर्देशक सपनकुमार राइले कुरा बुझिहाले ।
एकछिनपछि ज्योती आइन् छोटो लुगा लगाएर । भिडियो र अन्य स्टेज कार्यक्रममा जस्तै अर्धनग्न ज्योतीलाई देख्न पाएपछि दर्शकहरुमा सुरु भैहाल्यो ‘वान्स मोर’ ।
ज्योतीका अतिरिक्त भद्रगोलका बले र कक्रोजले पुरै तीन घण्टा मनोरञ्जन दिए । गत साता बेलायत पुगेका यी कलाकारले ११ जुनमा फोकस्टोन हकिन्ज कम्युनिटी सेन्टरमा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
१२ मा ह्यारो बरो फुटबल क्लब र १३ मा लेष्टर नेपाली साझा कम्युनिटी लेस्टरमा कार्यक्रम हुने भएको छ । त्यस्तै १७ मा फेल्थाम कम्युनिटी कलेजर १८ मा स्वीन्डन र १९ मा प्लमस्टिडमा कार्यक्रम हुने भएको छ ।


0 comments
Write Down Your Responses