भारतमा एक सांसदले नेपालीमा सपथ खाएपछि भारतभर हंगामा ....
जेष्ठ २१, २०७३- सबैतिर भाषागत मान्यता र पहिचानको लडाईं चलिरहेका बेला भर्खरै राज्यसभाको चुनाव सम्पन्न आसाम राज्यका माननीयहरुले नेपाली, संस्कृत, आसमिज र बोडा भाषामा ओहोदाको सपथ लिएर राज्यदेखि केन्द्रसम्म समाचारमा छाएका छन् ।
भारतको आसाम राज्य विधानसभा सदस्य सभासद गणेश कुमार लिम्वुले नेपाली भाषामा सपथ लिएका छन् भने अंगुरलता देकाले संस्कृत भाषामा ओहोदाको सपथ लिएकी छन् ।आसाममा चर्चित नायिकाको परिचय बनाएकी देका गत वर्ष मात्रै भारतीय जनता पार्टी प्रवेश गरेकी हुन् । देकाले बुधबार पदीय ओहोदाको सपथ खाएकी हुन् ।
नेपाली र संस्कृतमा सपथ लिने दुवैजना विधायक भारतीय जनता पार्टीसम्बद्ध छन् ।
‘मेरो मातृभाषा आसामी हो तर संस्कृत सबै भाषाको मातृभाषा हो,’ ३० वर्षीया विधायक अंगुरलताले भनिन्, ‘संस्कृत भाषामा सपथ लिएर मैलै संस्कृत भाषालाई महत्व मात्र दिएको होइन कि नयाँ पुस्तालाई यो पुरानो, धनी र वैज्ञानिक भाषाको महत्वबारे बुझाउन खोजेकी हुँ ।’
उनीसँगै अन्य दुई सभासदले पनि संस्कृत भाषामा सपथ लिएका थिए । त्यसैगरी, विधायक लिम्बूले आफूले आफ्नै मातृभाषा नेपालीमा सपथ लिन चाहेको स्पष्ट पारे ।
यसैगरी, आसाम राज्यमा मात्रै १३ जना विधायकले बंगाली भाषामा, ११ ले बोडो, ५ जनाले अंग्रेजी र ९१ जनाले आसामी भाषामा सपथ लिएका छन् । समाजशास्त्रीय जानकारले यो भाषिक विविधताको सपथलाई भारतीय जनता पार्टीको राष्ट्रियतालाई पुनर्भाषित गर्ने र समावेशी समाज निर्माण गर्ने योजनाको एक अंश भएको बताएका छन् ।
भारतमा धेरै समीक्षकले यो कदमको स्वागत गरेका छन् । आसाम राज्य विधानसभामा १ सय २६ कुल सिट रहेकोमा भारतीय जनता पार्टीले ८६ सिटमा विजय हासिल गरेर बहुमतको हैसियत बनाएको छ ।
८ वर्षअघि नेपालमा समेत तत्कालिन उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा पद तथा गोपनियताको सपथ लिने हुँदा उनी विवादको घेरामा परेका थिए कान्तिपुरमा खबर छ ।
सपथको बहुभाषा
आसामिज-९१
वंगाली-१३
वोडो-११
अंग्रेजी-५
संस्कृत-३
हिन्दी-२
नेपाली-१
1 comments
Write Down Your Responses


June 4, 2016 at 7:43 AM
Babal
Jay nepal