Health
»
स्तनको स्पर्श गर्दा किन आनन्द आउँछ ? थाहा पाउनुहोस ...!!
स्तनको स्पर्श गर्दा किन आनन्द आउँछ ? थाहा पाउनुहोस ...!!

शरीरका बिभिन्न अङ्गहरुको स्पर्शले बेग्लाबेग्लै यौनाभूति हुने गर्दछ । खासगरी महिलाको शरीरमा केही यस्ता स्थान हुन्छन्, जहाँ स्पर्श गर्दा उनीहरुमा यौनइच्छा जागृत हुन्छ । यस्तै एउटा स्थान हो स्तन ।
स्तनमा स्पर्श हुँदा महिलाहरुले किन आनन्द प्राप्त गर्छन त ? यो प्रश्नको उत्तर भने हामी धेरैसँग हुँदैन । हालै मात्र सम्पन्न एउटा अनुसन्धानले यसै प्रश्नको उत्तर दिने कोशिस गरेको छ ।
स्तनमा पनि त्यसको अग्रभागको स्पर्श सबैभन्दा कामुक मानिन्छ । स्तनको अग्रभागमा स्पर्श गर्दा महिलाहरुमा अनौठो प्रकारको यौनइच्छा जागृत हुने र त्यसले अन्य अंगहरुलाई पनि उत्प्रेरित गर्ने हुन्छ । अनुसन्धानमा स्तनको यही तन्तुविज्ञानसँग जोडिएको यौन मनोविज्ञानका बारेमा अनुसन्धान गरिएको थियो ।अनुसन्धानले त के सम्म भनेको छ भने यौन चाहना र सन्तुष्टिका लागि योनी र पुरुष अंगको मिलन नै आवश्यक नपर्न पनि सक्छ । किनभने सन्तुष्टिको अनुभूति मष्तिष्कले गर्ने भएकोले स्तनको अग्रभाग र भगशिखामा हुने स्पर्शले महिलाहरुलाई चरम सन्तुष्टि दिन सक्छ ।
अनुसन्धानका क्रममा २३ देखि ५६ वर्षसम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन लगाइएको थियो । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।
तर स्पर्शको तरिकामा यो संवेदना र तरङ भर पर्ने भएकाले त्यसले भने फरक किसिमको अनुभूति दिनसक्छ । यसका लागि आफ्नो यौनसाथीसँग तपाईको व्यवहार महत्वपूर्ण हुन्छ । स्पर्श कसरी गर्ने भन्ने कुरा आपसी मनोभावलाई बुझेर गरिनुपर्दछ ।
0 comments
Write Down Your Responses