मस्को नजिकै सैनिक विमान दुर्घटनाग्रस्त
विमान रसियाली वायुसेना युद्धक विमानको कला प्रदर्शन समूहको एक कार्यक्रममा उत्तरी क्षेत्रमा पुगी फर्किने क्रममा मस्को क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।
विमानको ‘ब्ल्याक बक्स’ फेला परिसकेको बताउँदै रसियाली सेनाले सु–२७ का सम्पूर्ण उडानलाई दुर्घटनाको कारण नखुल्दासम्मका लागि भन्दै स्थगित गरेको छ ।
दुर्घटनाग्रस्त विमानको प्रारम्भिक अनुसन्धान अनुसार विमान प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त हुन पुगेको जनाएको छ । रासस

0 comments
Write Down Your Responses