किन दिगो हुदैनन् त आजभोलिका सम्बन्धहरु ?
एजेन्सी । आधुनिक समाजमा सम्बन्धहरु त्यति लामो समयसम्म नटिक्नु समान्य जस्तै भएको छ । कतिपय अवस्थामा विवाहित जोडिहरुमा यसका कारण धेरै समस्याहरु आउने गरेको पाइन्छ । यसका विविध कारणहरु छन् । त्यस मध्येका केही कारणहरु याहा उल्लेख गरीएको छ ।
१.अपरिपक्कता
भनिन्छ माया प्राप्ति मात्रा होइन त्याग पनि हो । सधैभरी आफ्नो स्वार्थका लागि मात्रा र आफ्नो स्वार्थ अनुकुलको कार्य गर्नाले तपाइको सहयात्रीमा बितृष्ण पैदा हुनसक्छ । जसले गर्दा सम्बन्ध बिग्रने सम्भावना रहन्छ ।
२.अरुको भावनालाई ख्याल नगर्ने बानि
सुःख दुःखमा साथ दिनुलाइ नै माया भन्ने चलन छ । सम्बन्धलाई लामो समयसम्म टिकाईराख्न एक आर्काको भावना बुझ्नुपर्ने हुन्छ । सहयात्रीको चाहानाअनुरुपका काम र भावाना बुझ्न सकिएन भनेपनि सम्बन्ध टुट्ने गर्छ ।
३. एकआर्कालाई समय नदिनु
आधुनिक समाजमा प्राय सबैजना ब्यस्त हुन्छन् र ब्यस्तताको कारण एकआर्कालाई समय दिन भ्याउदैनन् जसले गर्दा सम्बन्धहरु छुट्ने सम्भावना रहन्छ ।
४.अधैर्यपन
हामि तत्काल परिणाम आएने कुराहरुमा बढि ध्यान दिन्छौ । मायामा धैर्यता आवश्यक हुन्छ । दुवैमा परिपक्कताको खाचो रहन्छ ।
५ . प्रविधीमुखी
प्रविधिका कारण पनि धेरैका जोडीहरु छुट्ने गरेको पाइन्छ । प्रविधिका कारण जोडिहरुमा उनिहरुको दुरि बढेको पाईएको छ ।
६.यौनका विष्यमा खुला हुनु
आजको एक्काइसौ शताब्दीमा यौनका विषयमा मानिसहरु खुला ढगंले साच्ने गरेको पाइन्छ । बिबाहपुर्वको यौन सम्बन्ध पनि आजभोलि सामान्य बनिसकेको छ ।
७.प्रशंशा नगर्ने बानि
सबैले आफ्नोे प्रशंशा चाहन्छ । यदि सम्बन्ध राम्रो बनाइराख्नु छ भने अरुको खुलेर प्रशंशा गर्नुपर्ने हुन्छ ।


0 comments
Write Down Your Responses