पेलेले बयान गरेका यी खेलाडीको भाग्य चम्किएला त युरो कपमा

इंङल्याण्डका एक खेलाडी छन् जसको हाल चौतर्फी चर्चा रहेको छ । उनी हुन् म्यानच्यास्टर युनाइटेडका मार्कस रासफोर्ड । डेब्यु गरेको सिजनैमै म्यानुका लागि १८ खेलमा ८ गोल गर्न उनी सफल भएका थिए । उमेर पनि भर्ख १८ वर्ष लागेका उनले इङल्याण्डको राष्ट्रिय फुटबट टिममा पनि छनोट भए । उनलाई समर्थन गर्दै ब्राजिलियन लिजेण्ड पेलेले भनेका छन्,‘अब यो समय भनेको कला देखाउने हो । उमेरले सानो ठुलो केही भन्दैन । नडराइ खेल्यो भने रासफोर्डले इंङल्याण्डका लागि अवश्य ठुलो प्रभाव पार्नेछ ।’ गएको शुक्रबार अष्ट्रेलिया विरुद्धको खेलमा पनि उत्कृष्ट गोल गरेका रासफोर्ड इङल्याण्डका लागि बेन्चमाभन्दा पनि मैदानमा अवसर पाउनुपर्ने पेलेले बताएका छन् । तर फुटबल प्रशिक्षक तथा विश्लेषक ह्यारी रेडन्याप भने उनले मैदानमा कमै अवसर पाउने बताएका छन् । उनले भनेका छन्,‘इंङल्याण्डका लागि स्टाइकरको कमी रहेको छैन । जेम्स भर्डी, वायन रोनी, ह्यारी केन तथा ड्यानियल स्टरिजसमेत उच्च फर्ममा रहेका छन् । उनीहरुलाई बेन्चमा राखेर प्रशिक्षकले रासफोर्डलाई अवसर दिने कुरामा म विश्वस्त छ्रैन ।’

0 comments

Write Down Your Responses