भारतविरुद्ध चीनले चाल्यो कडा कदम, भारतीय मिडियामा रुवाबासी!

काठमाडौं, २७ जेठ । भर्खरै अमेरिका भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले न्युक्लियर सप्लायर्स ग्रुप (एनएसजी)मा अमेरिकाको समर्थन प्राप्त गरेपछि भारतीय मिडियाहरुले चीनलाई कडा जवाफ भएको टिप्पणी गरेका थिए । तर, चीनले चालेको एउटा कदमले अहिले तीनै मिडियामा रुवाबासी चलेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ हैकर्स एयरक्राफ्ट कैरियर आईएनएस विक्रान्त, आईएनएस विक्रमादित्यको जासुसी गरिरहेको खुलासा भएको छ । यति मात्रै होइन् भारतीय जलसेनाका जंगी जहाजहरुबाट दक्षिण चीन सागरमा हुनगइरहेको परीक्षणको पनि जासुसी गरिरहेको छ ।चिनियाँ हैकर्सले भारतमा रहेका तिब्बती शरणार्थीमाथि पनि निगरानी राखेको छ ।

 पछिल्लो दिनहरुमा एक चिनियाँ भाइरस एपीटी ३० ले देशका सैन्य तयारीसँग जोडिएका जानकारीहरुको जासुसी गरिरहेको तथ्य देशका खुफियाँ (जाँच) एजेन्सीहरुले पत्ता लगाएको थिए । भारती खुफिया एजेन्सीहरुले चीनबाट भइरहेका यस्ता जासुसीको निगरानी गर्न थप प्रयास गरिरहेका छन् । यो रिपोर्ट भारतीय गृह मन्त्रालयसम्म पुगेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

0 comments

Write Down Your Responses