श्रीमानले जबरजस्ती भर्जिनिटी टेस्ट गराएपछि…

Himansu-karnikaएजेन्सी । उदयपुरकी एक लेखिकाले श्रीमान र ससुराको यातनाका कारण आत्महत्या गरेकी छिन् । कर्निका नामकी उनले लेखेको सुसाइड नोटका आधारमा उदयपुर पुलिसले महिलाका ससुरा डाक्टर भारत गाधवी उनका छोरा (महिलाका श्रीमान) डा. हिमान्शुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार डाक्टर भारत मेडिकल अफिसर हुन् भने उनका छोरा डेन्टिस्ट हुन् । मृतक महिलाका पिताले उनका ससुरा र श्रीमानमाथि मानसिक यातना र भर्जिनिटी टेस्ट गराएर आफ्नी छोरीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाएका थिए । मृतक कर्निका ब्लग लेखिका थिइन् । उजी जून २ मा आफ्नै घरमा पंखामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी थिइन् । पिता भारतेन्द्र सिंहले आफ्नी छोरी स्वन्त्रत स्वभावकी भएकी भन्दै कथित ज्वाईको शंका र साघुरो सोचाईले ज्यान गुमाउन बाध्य भएको बताएका छन् । ‘विहेपछि हिंमान्शुको व्यवहार बदलियो । उनी मेरी छोरीलाई मानसिक रुपमा निकै यातना दिन्थे । मेरी छोरी स्वतन्त्र विचार भएकी आत्मनिर्भर महिला थिइन् ।’ कर्निका र हिमान्शुको विहे यसैवर्षको २५ जनवरीमा भएको थियो । पिताका अनुसार कर्निका उदयपुरको एक कम्पनीमा ब्लग राइटरको काम गर्थिन् । उनी सभ्य मानिसको सम्पर्कमा थिइन् तर, हिमान्शु उनीमाथि शंका गर्थे । उनी कर्निकाका हरेक सानो कुरामा निगरानी राख्थे । यदि कही बाहिर गइन भने शंका गर्थे । कर्निकाका पिताको वयान अनुसार घटना हुनुभन्दा अघिल्लो हप्ता मात्रै छोरी–ज्वाई घुम्न भनेर पोरबन्दर गएका थिए । तर, त्यहाँ हिमान्शुले कर्निकाको सहमति विनै जबरजस्ती उनको भर्जिनिटी टेस्ट गराए । यो घटनापछि उनले आफ्नो सबै पीडा आफ्नी आमालाई फोन गरेर बताएकी थिइन् । उनले अमेरिकामा रहेका केही साथीहरुलाई आफ्नो पीडा सुनाउँदै अब पीडा सहन नसकिने भन्दै डिभोर्सको बारेमा सोचिरहेको बताएकी थिइन् । तर, पीडा असह्य भएपछि बीचमै उनले आत्महत्या गरिन् ।

0 comments

Write Down Your Responses