रिलिजको संघारमा 'हाउसफूल ३' विरूद्ध चोरीको उजुरी

रिलिजको मुखैमा अक्षयकुमारको फिल्म 'हाउसफूल ३' समस्यामा परेको छ. शुक्रबार रिलिज हुने लागेको फिल्मको स्टक्रिप्ट चोरिएको भन्दै लेखक तथा गीतकार फारूक बरेल्भीले प्रहरीमा उजुरी दिएपछि फिल्म सम्स्यामा परेको हो। फारूकले आफ्नो स्क्रिप्ट चोरिएको दाबी गरेका छन्। उनले बुधबार अबेर मुम्बईको बर्सोवास्थित प्रहरी चौकीमा फिल्मका निर्माता तथा दुई निर्देशक विरूद्ध उजुरी दर्ता गराएका हुन्। उजुरीमा उनले आफूले सन् २००९ मा लेखक संघमा सो फिल्मको स्क्रिप्ट दर्ता गराएको र कथा संक्षेप अभिनेता अक्षयकुमारलाई समेत सुनाएको उल्लेख गरेका छन्। घटनामा प्रहरीले उजुरी दर्ता भएको तर मुद्धा भने नचलाएको जनाएको छ। फिल्मका निर्माता साजिद नाडियालवाले आपूलाई सो सम्बन्धमा कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन्।

0 comments

Write Down Your Responses