प्रेम गर्न अहिलेसम्म कसैको प्रपोज आएको छैन् – नेहा
बिभिन्न ठाउँबाट यि उनिसँग जोडिन आएका हुन् । सबैलाई ब्यबस्था मिलाउँदा उनलाई अहिले धै धै परिरहेको छ । अहिलेसम्म एक्लै बोझ उठाउँदै आएकी उनले कलाकारिताको कमाईले अहिले तिनिहरुको खर्च नपुग्ने देखेर सहकार्य खोजि रहेकी छन् ।
ललितपुर धापाखेलकी नेहा मोडल तथा अभिनेत्री हुन् । मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेकी नेहा रंगमञ्च अभिनयमा समेत चिनिएकी छन् ।
थुप्रै फेसन शो मार्फत र्याम्प नापेकी नेहाले कबिर डेढ दर्जन बढी म्युजिक भिडियो अभिनय गरेकी छन् । यि मध्य केही सार्वजनिक हुन बाँकी छन् । दिपक खरेलको ‘मनको ब्याथा..’,सिमा संगौलाको ‘मरेर नभुल्ने ..’र ‘सम्भोज मल्लको ‘हिजो राती सपनिमा..’ लगायत उनको चर्चित भिडियो हुन् । सडक नाटक ,बाल नाटकलगायत दर्जन बढी नाटक अभिनय अनुभवकी नेहा अभिनित ‘सम्बोधित’ नाटक हालै सकिएको थियो । उनि अहिले काठमाडौ मलहमा रहेको थिएटर नाटकम घरमा केही पहिले सुरु भएको र अब केही दिनसम्म चल्ने नाटक ‘आवन्तर’ अभिनय गरिरहेकी छन् । यो नाटकमा पनि उनको मुख्य भुमिका देख्न सकिन्छ । ‘मिहेन गर्दा पनि सफलता नमिल्ने र जिवनमा नयाँबाट पहिल्याउन नसक्नेको कथा नाटकले उठाएको छ ’नेहाले भनिन् । नाटकमा राम केसीकोे निर्देशन छ ।
सानैमा डकुमेन्ट्री चलचित्र अभिनय पछि कलाकारिता तिर आफ्नो लगाब बढेको बताउने उनको रुचि कलाकारीता र समाज सेवा रहेको छ ।
फुर्सदको समय लेखन कार्यमा बिताउने उनी अहिले नोवल समेत लेखिरहेकी छन् । ‘बच्चाहरुको पिडा’ र ‘केटाहरुको समस्या’ आफ्नो नोवलको बिषय भएको उनले सुनाइन् ।
मोडल, अभिनेत्री हुन् उनि । त्यसैले राम्री नहुने त कुरै भएन । त्यसमा पनि नशालु आखा र गुलाभी ओट छन् उनको । ‘सारिमा सारै राम्री देखिन्छु म’ उनले हसिलो मुहारमा भनिन् । त्यसो त मौसम र समय अनुसार पहिरन लगाउने उनि क्याजुल ड्रेस नै बढी प्रयोग गर्दछिन् ।
नाटकमा खारिएकी उनलाई चलचित्र अभिनय अफर आइरहेका छन् अहिले । आफुले चाहे जस्तो बिषयबस्तु र भुमिका नभएकोले नो भन्ने गरेकी छन् । समाजलाई पच्ने ,म्यासेज बोकेको र ऐतिहासिक बिषयबस्तु युक्त चलचित्र अभिनय गर्ने इच्छा छ’ चलचित्रको बिषयमा उनले धारणा राखिन् ।
हसिलो स्वभाव अनी खुलेर कुरा गर्ने शैलिकी नेहाले अहिले सम्म जिवनसाथी भेटेकी छैनन् रे । उनलाई अहिले सम्म कसैले प्रपोज पनि गरेका छैनन् । ‘म चकचके ,अनि फ्याक्ली छु । सायद त्यसैले हो’ उनले अनुमान लगाइन् । आमाले खोजेको जिवनसाथी स्वकार्ने पक्षमा छिन् उनि । त्यो उनको आमा प्रतिको सम्मान पनि हो । असल, आफुलाई बुझ्ने र हट जिवनसाथी योग्यता उनले सार्वजनिक गरिन् ।

0 comments
Write Down Your Responses