अब त अति भयो भन्दै आमिर खानकी श्रीमतीले दिइन प्रहरीमा उजुरी

आमिर खानकी श्रीमती किरन राव यतिखेर तनाबमा छिन् । बलिउडमा फिल्म निर्देशन तथा कथा लेख्दै आइरहेकी उनीलाई पछिल्लो समय एक फेसबुक प्रयोगकर्ताले हैरान पारेका छन् । यही कारणले वाक्क भएकी उनले साइबर अपराध प्रहरी स्टेशनमा एक केश दर्ता गराएकी छिन् । उनले प्रहरी समक्ष केश दर्ता गर्दा भनेकी छिन्,‘कसैले मेरो नाममा फेसबुक एकाउण्ट बनाएर मेरा साथीहरु तथा परिवारका सदस्यहरु च्याट गरिरहेको छ ।’ बान्द्रामा रहेको साइबर अपराध प्रहरी स्टेशनमा उक्त केश दर्ता गरेकी हुन् । उनले आफ्नो इमेज खतरामा परेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् । कमिशनर के एम एम प्रशन्नले यसबारे पुष्टि गर्दै किरनले उजुरी गरेको बताएका छन् । तर यो गम्भिर विषय भएकाले केशबारे नबोलेको बताइको छ । किरन रावले उक्त व्यक्तिले गरेको फोन कलहरु तथा टेक्स मेसेजहरुको रिप्लाई गरेकी छैनन् । फेसबुक एकाउण्टमा आफ्नो तस्बिर अपलोड भएको र परिवारका सदस्यहरु तथा साथीहरुसँग बिभिन्न बहाना बनाउँदै च्याट गरेको उनले बताएकी छिन् । प्रहरीका अनुसार उक्त व्यक्ति भारतमै भए आइपी ठेगानाबाट सजिलै समात्न सकिने बताएको छ । तर विदेशमा रहेर यस्तो काम गरिरहेको छ भने समात्न केही समय लाग्ने जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses