National
»
बिद्यार्थी भिषामा जापान आएकी श्रेष्ठ अस्पतालको शैयामा, यसरी सहयोगको याचना गर्दै ...
बिद्यार्थी भिषामा जापान आएकी श्रेष्ठ अस्पतालको शैयामा, यसरी सहयोगको याचना गर्दै ...

टोकियो । बिद्यार्थी भिषामा जापान आएकी ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठ यत्तिबेला अस्पतालको शैयामा मृत्युसँग लडिरहेकी छिन् । सन् २०१४ को अप्रिल सेसनमा उच्च शिक्षाको ठुलो सपना संगालेर जापान आएकी श्रेष्ठले मुटुमा समस्या देखापरेपछि अपस्तालको शैयाबाट जापानबासी नेपालीहरुलाई नयाँ जीवनको लागि याचना गरेकी छिन् ।
नेरिमास्थित हिकारीगाओका अस्पतालका अनुसार श्रेष्ठको मुटुको भल्भले काम गर्न छोडेर तेस्रो स्टेजमा पुगिसकेकोले १ महिनाभित्र भल्भ फेर्नु पर्नेछ । जसका लागि करिव १५ लाख (१५० मान) येन खर्च लाग्ने र सो को जोहो गर्न पनि आफुलाई अस्पतालले जानकारी गराएको श्रेष्ठले बताएकी छिन् ।
अध्ययनका लागि सुनौलो भविष्य बोकी जापान आएकी श्रेष्ठ सेनमोन तहमा अध्ययनरत छिन् । एक बर्षअगाडीदेखि मुटुको समस्या झेल्दै आएकी श्रेष्ठले बारम्बार स्वास्थ्य परीक्षण गराउँदा पनि पत्ता नलागेको र अन्तिमा आएर हालै हिकारीगाओका अस्पतालले मुटुको भल्भले काम गर्न छोडेको खबर उनलाई सुनाएको थियो ।
मुटुमा देखिएको समस्यापछि निराश भएकी २३ बर्षीय श्रेष्ठले आफु कमजोर आर्थिक पृष्ठभूमिको भएको भन्दै एक्लैले त्यत्रो रकमको बन्दोबस्त गर्न नसक्ने भएकाले जापानबासी नेपाली समुदायसमक्ष नयाँ जीवनको याचना गरेकी हुन् । अस्पतालको शैयाबाट उनले भनिन्, ‘मलाई बचाउने जिम्मा भगवानले अब जापानबासी नेपालीहरुलाई सुम्पेका छन्, मलाई नयाँ जीवन दिनुस् बाँचेर संघर्ष गर्न चाहान्छु ।’
श्रेष्ठको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेहुने ईच्छुकहरुले उनको हुलाक खाता नंम्वर १७४९०–६०९८९०११ मा रकम दाखिला गरी ०७०–४६९१–९८४९ मा जानकारी गराउन श्रेष्ठले अपिल गरेकी छिन् ।
0 comments
Write Down Your Responses