युरो कपमा रुस र इग्ल्याण्डका समर्थकबीच झडप, ३० घाइते (भिडियो सहित)

फ्रान्समा जारी यूरो कप फुटबलमा रुस र इग्ल्याण्डका समर्थकबीच झडप भएको छ । झडपमा ३० भन्दा बढी घाइते भएका छन् । जसमध्ये दुईको आवस्था गम्भिर छ । दक्षिणी फ्रान्सको मार्से शहरमा फ्रान्स तथा रुसी समर्थकसँग इग्ल्याण्डका समर्थकको झडप भएको थियो । रुस र इग्ल्याण्डको खेल १-१ को बराबरिमा सकिएसँगै दुई देशका समर्थकबीच पुन झडप भएको थियो । रुसी समर्थकलाई इग्ल्याण्डका समर्थकले आक्रमण गरेपछि झडप सुरु भएको बीबीसीले जनाएको छ ।


एक अनुमान अनुसार आफ्नो टीमको पहिलो म्याच हेर्नका लागि दुवै टीमका करीब ९० हजार दर्शक जम्मा भएका थिए । दुई देशका समर्थकले एक अर्कामाथि कुर्सी प्रहार गर्न थालेसँगै दंगा नियन्त्रक प्रहरीले अश्रु ग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।फ्रान्सका गृहमन्त्री बनार्ड केजेनोवले मारपीटमा उत्रिएकाहरुले खेल अघिको माहोलका कारण हिंसा मच्चिएको बाहना बनाएका छन् । यूरोपियन फुटवलको सर्वोच्च संस्था यूईएफए ले हिंसाको निन्दा गर्दे भनेको छ,’यस्तो हिंसात्मक गतिविधिको खेलमा कुनै स्थान छैन ।’ यूईएफएले हिंसाको जाँच गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses