नेपाल दक्षिण एसियामा भारत लाइ पछि पार्दै दोस्रो शान्त मुलुक , पहिलो र अन्तिम कुन देश परे
एक विश्वव्यापी सर्वेक्षणले दक्षिण एसियाली मुलुकहरुमा नेपाल दोस्रो शान्त मुलुक रहेको देखाएको छ । सो अध्ययनका अनुसार भुटान दक्षिण एसियामा नै सवैभन्दा शान्त मुलुक हो भने अफ्गानिस्तान सवैभन्दा अशान्त मुलुक रहेको छ ।भिजन फर हयुम्यानिटीको सन् २०१६ ग्लोवल पिस इन्टेक्सका अनुसार सरकार विरोधी आन्दोलनका कारण आन्तरिक सुरक्षा चासोमा केही वढेत्तरी आएपनि नेपाल दक्षिण एसियामा दोस्रो शान्त मुलुक हो ।
सरकार विरोधी आन्दोलनका कारण नेपालमा पक्राउ पर्नेको संख्या वढेको समेत उल्लेख गरिएको छ ।
सरकार विरोधी आन्दोलन भनेर मधेशलाई संकेत गर्न खोजेपनि यस वारेमा भने खासै केही उल्लेख गरिएको छैन ।“सन् २००८ को तुलनामा सन् २०१६ मा नेपालमा शान्तिको स्कोर २ प्रतिशत राम्रो छ । यद्यपी सन् २००५ मो तुलनामा सन् २०१५ मा सात प्रतिशतले राम्रो थियो,” विहिवार सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन अनुसार वंगलादेश, श्रीलंका, भारत, पाकिस्तान र अफगानिस्तान क्रमा तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौ स्थानमा रहेका छन् ।
सो प्रतिवेदनले विश्व क्रमश: अशान्ति हुँदै गएको समेत वताएको छ ।
प्रतिवेदनका अनुसार विश्वका सवैभन्दा शक्तिशाली र कम शक्तिशाली मुलुकहरुको ग्याप पनि वढ्दै गएको छ । विशेषगरी मध्यपूर्वी देशहरु र अफ्रिकामा पछिल्ला वर्षहरुमा सवैभन्दा वढी शान्ति खल्वलिन पुगेको छ ।
प्रतिवेदनका अनुसार पछिल्लो दशकमा नै विश्वशान्तिमा निकै गिरावट आएको छ । सवैभन्दा वढी आतंकवादी घट्नाहरु इराक, नाइजेरिया, अफगानिस्तान, पाकिस्तान र सिरियामा भएको छ । विश्वभरी आतंकवादी घट्नाका कारण हुने मृत्युमध्ये ७८ प्रतिशत यि मुलुकहरुमा हुने गरेको छ ।


0 comments
Write Down Your Responses