शक्ति कपुर र श्रद्धा कपुरबिच यसकारण पर्यो खटपट ...
बलिउडमा यतिखेर सफलताको सिडी चढिरहेकी नायिका हुन् श्रद्धा कपुर । अभिनेता शक्ति कपुरकी छोरी उनी पितासँग डराउने गर्छिन् । त्यसै कारण पनि उनलाई घरमा आफु स्वतन्त्र नरहेको वक्तव्य मिडियामा एकपटक दिइसकेकी थिइन् । अब भने स्वतन्त्र भएर बस्न उनले फ्याट किनेकी छिन् । तर शक्ति कपुरलाई भने यो कुराले कत्ति पनि चित्त बुझेको छैन । शक्तिले छोरीले बाटो बिराउन सक्ने भन्दै सँगै बस्न आग्रह गरेको बताइएको छ । तर आफ्नो करिअर बनाउन पनि एक्लै बस्न तर्क श्रद्धाले दिइरहेको बताइएको छ । एकपछि अर्को फिल्मको सफलता पाइरहेको अवस्थामा एक्लै बस्ने निर्णय गरिसकेकी श्रद्धालाई शक्तिले रोक्न गाह्रो भएको छ ।


0 comments
Write Down Your Responses