राष्ट्रिय सहमति बन्न नसके देश संकटमाः प्रचण्ड

prachanda२२ जेठ, रामेछाप । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यन्वयनको लागि सर्वदलिय सरकार आवश्यक रहेको बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा शनिबार आफ्ना कार्यकर्तासँगको भेटघाट कार्यक्रममा सर्वदलिय सरकारको आवश्यकता भएको उल्लेख गरेका हुन् । ‘संविधान कार्यन्वयको प्रक्रिया अगाडि बढाउन सवैको सहभागिता हुने सरकार आवश्यक छ, उनले भने ‘दलहरुबीच राष्ट्रिय सहमति बन्न सकेन भने देश संकटको अवस्थामा पुग्छ ।’ स्थानीय निकायको निर्वाचन बीस महिना भित्र गर्न नसके मुलुकमा संवैधानकि संकट पैदा हुने भन्दै अध्यक्ष प्रचण्डले तत्काल स्थानियक निकाय गर्नुपर्नेमा जोड दिए । मधेसमा देखिएको समस्या वार्ता छलफलबाट समाधान गर्नुपर्ने भन्दै प्रचण्डले भने, ‘ मधेसको समस्या समाधान गर्न सवैले ध्यान दिनपर्छ र मधेसवादी दलहरु पनि वार्ताको प्रक्रियामा आउनुको विकल्प छैन । ‘

0 comments

Write Down Your Responses