गणतन्त्र दिवसकै दिन प्रधानमन्त्री ओलीलाई चीनले पठायो नयाँ सन्देश ...!!

काठमाडौं, १५ जेठ । शनिबार परेको नेपालको गणतन्त्र दिवसका अवसरमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत नेपाली जनतालाई शनिबार बधाई ज्ञापन गर्नुभएको हो । चिनियाँ प्रधानमन्त्री खछ्याङले दिनुभएको बधाई सन्देशमा चीन र नेपालले सधैं समान एवम् पारस्पारिक सहयोगी सम्बन्ध कायम गर्दै आएको बताउनुभएको छ । उहाँले चीन र नेपाल छिमेकी राष्ट्रका हैसियतमा आपसमा सहयोगी सम्बन्धमा विश्वास गर्ने पनि बताउनुभएको छ । चीन सधैँ नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता एवम् क्षेत्रीय अखण्डताको पक्षमा रहेको पनि सो सन्देशमा उहाँले बताउनुभएको छ । नेपालसँग सधैँ बृहत साझेदारीका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि चीन सधैँ दिगो सम्बन्ध विकासका पक्षमा चीन रहेको पनि उहाँले बताउनुभएको छ । सन् २००८ को मे २८ मा सम्पन्न भएको संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय गणतन्त्रात्मक देशका रुपमा घोषणा गरेको थियो । यो घोषणासँगै नेपालमा करिब २४० वर्षदेखि कायम रहेको राजतन्त्रको पनि अन्त्य भएको थियो । नेपालले शनिबार नवौँ गणतन्त्र दिवस मनाइरहेको छ । रासस/सिन्ह्वा

0 comments

Write Down Your Responses