पूर्व राजा ज्ञानेन्द्र शाहले गणतन्त्र दिवको पूर्व सन्धामा यसरी खोले मुख...
काठमाडौं, १५ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले आमुल परिवर्तको नारामा खडा गरिएको नेपालभित्रको परिवर्तित सन्दर्म आम मूल्यांकनको विषय बनेको बताएका छन् ।
उनले आफुलाई संविधानको होइन, राष्ट्रको विकट अवस्थाको चिन्ता भएको र जुनसुकै हैतियतमा पनि जन्मभूमिलाई कर्मभूमि ठान्ने बताएका छन् । समय, परिस्थिति, नियति र घटना विधिले मान्छेको जीवनचक्रमा पनि आरोह अवरोह आउँछन उनले भनेका छन् ।
राष्ट्रको विद्यमान असफल अवस्था अन्त्य गर्न अन्ततः नेपाली जनता नै जागरुक हुनुपर्छ– यो मेरो अन्तस्करणको धारणा हो ।
परिवर्तनशील समय–प्रवाह निरन्तर प्रतिफलमुखी हुनुपर्छ, समयको छालमा बग्ने तर ठीक ढंगले वारपार गर्न नसक्दा दुर्घटना निम्तिन्छ । मुलुकले गति लेओस्– विधिविधानले निकास पाओस् र सबै क्षेत्रमा निरन्तर विकास होस् भन्ने नै हाम्रो कामना हो– हामी सबैको भावना हो ।
अन्नपूर्ण पोष्टसँगको साक्षात्कारमा उनले भनेका छन् ‘युवाशक्ति नै राष्ट्रको त्यो मूल शक्ति हो जसबाट राष्ट्रको समृद्धिका लागि विशिष्ट योगदान हुनसक्छ । तर हाम्रो त्यो होनहार युवा जनशक्ति आज बिदेसिन बाध्य छ ।’ रोजगारी, इलम र कामधन्दाका लागि विश्वका विभिन्न देशमा पलायन भएको छ । राष्ट्र निर्माणका खम्बा युवा समुदायलाई विदेश जान रोक्ने र गएकाहरूलाई फर्काउने अनि उनीहरूलाई स्वदेशमै रोजगारीका व्यापक अवसरहरू सिर्जना गर्नेतर्फ राज्यको गहन ध्यान जानु आवश्यक छ । संविधान बनेर राष्ट्र हार्न नहुने बताएका छन् ।


0 comments
Write Down Your Responses