अर्काकी पत्नीलाई…फेरि किन पठाए नाङ्गो तस्बिर ?
काठमाडौं, २८ वैशाख । एक महिलाको नग्न तस्वीर खिचेर उनको श्रीमानलाई पठाउने व्यक्ति पक्राउ परेका छन् ।
इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो (निःशुल्क फोन तथा एसएमएस पठाउन सकिने एप) मार्फत पठाएका थिए ।
चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अभियोगमा थुनामा राखी कारबाही अघि बढाएको छ ।
पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए ।
सोही तस्वीरपछि उनले महिलाको श्रीमानलार्इ पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमानको मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।
गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए ।
महानगरीय प्रहरी परिसरका डीएपी रविन्द्र रेग्मीका अनुसार चौधरीले झुक्किएर सो फोटो पठाएको बताएका छन् ।


0 comments
Write Down Your Responses