सिन्धुपाल्चोकको भूकम्पले राजधानीमा भागाभाग

Bhukampa-Sindhupalchok-Echoकाठमाडौं, २ जेठ । सिन्धुपाल्चोक जिल्लाको इचोक आसपास केन्द्रविन्दु बनाइ गएको भूकम्पको परकम्पनबाट राजधानी र आसपासका जिल्लाका सर्वसाधारण एकाबिहानै त्रसिएका छन् । आज बिहान ४ बजेर ३० मिनटमा इचोक आसपास केन्द्रविन्दुको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए छ । भूकम्प ४ दशमलव ४ म्याग्नेच्युड रहेको केन्द्रले उल्लेख गरेको छ । सिन्धुपाल्चोक जिल्ला केन्द्र रहेको भूकम्पको धक्काले राजधानीमा पनि मज्जाले हल्लाएको थियो । धक्का महसुस भएपछि सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए । यसअघि शनिबार बिहान पनि सिन्धुपाल्चोक नै केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्नेच्युडको परकम्प गएको थियो । अघिल्लो वर्ष गोरखा बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ रेक्टरको भूकम्प पछि परकम्प आउनेक्रम अझै रोकिएको छैन । यसक्रममा ४ रेक्टर स्केलमाथिका ४ सय ५८ पटक परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

0 comments

Write Down Your Responses