दुइवर्षसम्म बाबुसँग लगातार यौनसम्बन्ध, छोरीको सनसनीपूर्ण बयान

एकजना पुरुष र उनकी छोरीबीचको यौन सम्बन्धको खबरले अहिले अन्तराष्ट्रिय संचार माध्यमहरुमा चर्चा पाएको छ । नतासा नामकी छोरी जब १९ वर्षकी थिइन् उनको आफ्नो बुवासँग पहिलोपटक चिनजान भएको थियो । यौवनावस्थामा छोरीलाई पहिलोपटक देख्दा उनका बुवामा यौनचाहना जागृत भयो, जसका कारण यी दुइबीचको बाबु छोरीको नाता टुंगियो ।क्यानडाको भ्यानकुभरमा बस्ने २४ वर्षीया लेखिका नतासा रोज चेनिएरका अनुसार उनको जिन्दगीमा कहिल्यै नभुल्ने कहानी छ । उनी भन्छिन्, यो कहानीले यो सम्बन्धको एउटा यस्तो सत्य बाहिर ल्याउने काम गरेको छ, जसको बारेमा आजसम्म सायद कसैले सोँचेको पनि छैन होला ।नताशाका अनुसार त्यसबेला उनी १९ वर्षकी थिइन् र उनलाई एउटा बाबु र छोरीबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यसको दुइ वर्षसम्म उनी आफ्नो बुवासँग यहीँ सम्बन्धमा रहिन् ।जेजेबेल डट कम नामक अनलाइनमा प्रकाशित नतासाको आत्मवृत्तान्तलाई अन्तराष्ट्रिय संचार माध्यमहरुले महत्वका साथ समाचारको रुपमा प्रकाशित गरेका छन् ।नतासाका अनुसार पहिलोपटक आफ्ना बुवासँग भेट हुँदा नतासा पनि आफ्नो बुवाप्रति यौनिक रुपमा आकषिर्त भएकी थिइन् । 

उनका अनुसार आफ्ना पितासँगको आफ्नो नाताले घृणा र आक्रोस बाहेक अरु केही छाडेन ।नतासाले आफ्नो बुवासँग मुखमैथुन अर्थात ओरल सेक्स समेत गरेको स्विकार गरेकी छिन् । त्यस समय आफुलाई बुवाछोरीको सम्बन्ध कस्तो हुन्छ भन्ने बारेमा थाहा नभएको उनको जिकिर छ । उनी भन्छिन्, हामी दुइजनाले त एक अर्कालाई साथ दियौँ र मैले उनीसँग रहँदा सुरक्षित महसुस गर्न थालेकी थिएँ । आफ्नो बुवासँग भेट हुनुभन्दा केही समयअघि देखि नै फोनमा उनीहरुबीच सम्पर्क हुने गरेको थियो र भेट भएपछि भने पिता-पुत्रीको सम्बन्धले नयाँ मोड लियो ।डेलीमेलका अनुसार एकपटक नतासाका बुवाले आफ्नी छोरीको अगाडि पोर्न फिल्म देखाएछन् । सुरुमा नतासालाई त्यो हेर्दा निकै असहज महसुस भएछ । सोही दिनबाट यी बाउछोरीबीच यौन सम्बन्धको सुरुवात भएको रहेछ । जमैकाको आफ्नो अन्तिम भ्रमणका बेला नतासाले आफ्नो बाबुसँगको यौन सम्बन्धबाट निकै लज्जित बनेर केही समय बाथरुमभित्रै आफैलाई थुनेर समेत राखिन् ।दुइ वर्षसम्म आफु आफ्नो पिताको धोकाको सिकार भएको दाबी नतासाको छ । आफु आफ्नै यौन चाहनाको समेत सिकार भएको उनी स्विकार गर्छिन् । बाबुसँगको यौन सम्बन्धका कारण आफुलाई ऊबेला निकै लाज लाग्ने भएपछि मनको कुरा बताउने कोहीपनि मान्छे आफ्नो साथमा नरहेको दुखेको उनले गरेकी छिन् ।अन्तिम पटक यी पितापुत्रीबीच यौन सम्बन्ध भएदेखि यी दुइबीच भेटघाट भएको छैन । आफ्नो यौनपिपासु बाबु कता छन् भन्ने कुरा नतासालाई थाहा छैन । यो पीडाबाट बाहिर निस्किनका लागि नतासाले अहिले थेरापीको सहारा लिइरहेकी छिन् । अनलाइन खबर बाट ।

0 comments

Write Down Your Responses