परपुरुषसँग सम्बन्ध राख्दा यसरी फन्दामा परिएला !
काठमाडौं । सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत चिन्तित थिए ।
तीन वर्षको छोराको आमा रहेकी बिमली अर्के केटासँग अफेयरमा थिईन। असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर निस्किए ।
विमलीलाई झन बाटो खुल्यो । तर अच्युत हेटौंडा नगइकन आमालाई बीचबाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट बिमलीलाई फोन गरे ।
सासुको मोबाइलबाट फोन आएपछि बिमलीअच्युत घर पुगेकोमा ढुक्क भइन ।
अच्युत एक दुई दिन कोठामा नगइ बिमलीको चियोचर्चो गर्न थाले ।
प्रहरी महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्के केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको जानकारी पाए।
प्रहरीले विमलीलाई अर्केकेटासँग समात्यो ।
ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले ती युवक र विमलीसँग सोधपुछ गर्यो । ती युवकले विवाह नगर्ने बरु ७ लाख क्षतिपुर्ति दिने बताए। पछि अच्युतले छोरामाथि शंका गर्दै डिएन परीक्षण गर्न माग गरे । आजको अन्नपूर्णपोस्टमा समाचार छ ।


0 comments
Write Down Your Responses