धुर्मुस सुन्तलीको वास्तविकतामा गीत (भिडियोसहित)

काठमाडौं, जेठ १६ – हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् । डा. भीष्मकुमार भुसालको यो प्रण बोलको गीतमा अभिनय गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । आफुहरुको वास्तविकतामा आधारित रहेर गीतले मनको कुरा बोलेकाले व्यस्तताको बाबजुद पनि अभिनय गरेको उनीहरुको भनाई छ । भिडियोमा धुर्मुस सुन्तलीले घर बनाउन नसकिरहेका वृद्धवृद्धालाई सहयोग गरेको देखाउनुका साथै उनीहरुको अभियानमा बालिकाले खुत्रुके फुटाएर सहयोग गरेको समेत देखाइएको छ । यस अघि पनि केहि गीतमा शब्द दिइसकेका डा. भुसालको शब्दलाई स्वरुपराज आर्चाय र स्मीता दाहालले गाएका छन् । शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सेभ द चिल्ड्रेनको सहयोग छ ।

0 comments

Write Down Your Responses