National
»
काठमाडौंका सबै उद्योगलाई उपत्यकाबाहिर लगिने
काठमाडौंका सबै उद्योगलाई उपत्यकाबाहिर लगिने

काठमाडौं, जेठ १५ । सरकारले हरेक प्रदेशमा एकवटा औद्यौगिक क्षेत्र स्थापना गर्ने लक्ष्य लिएको छ । बजेट भाषणमा उल्लेख भए अनुसार, हरेक प्रदेशमा उत्पादनको विशिष्टिकरण हुने गरी उद्योग क्षेत्र विकास गरिने छ । यसैगरी सरकारी नीजि साझेदारीमा देशका बिभिन्न क्षेत्रमा उत्पादमूलक उद्योगहरुको स्थापना गरिने भएको छ ।
सरकारले औद्यौगिक क्षेत्रसम्म सडक र विद्युत प्रसारण लाइन पुर्याउने र आगामी २ वर्षमा इन्धन र विद्युत सुनिश्चित गर्ने बताएको छ । यसैगरी उद्योगका क्षेत्रमा श्रोत जुटाउन नेपाल लगानी शिखर सम्मेलन समेत गर्ने भएको छ ।
घोषण अनुसार आगामी २ वर्षमा काठमाडौं भित्रका उद्योगलाई बाहिर स्थानान्तरण गरिने छ । यसैगरी सरकारी रुग्ण उद्योग भाडामा निजिलाई सञ्चालन गर्न दिइने छ ।
यसअघि सरकारले नीजिलाई उद्योग बेच्दै आएपनि ओली सरकारले भने रुग्ण सरकारी उद्योग नीजिलाई दिएपनि स्वामित्व भने सरकारकै रहने जनाएको छ ।
यसैगरी पुनर्उत्पादन गर्ने उद्योगले आयात गर्नेमा मूल्य अभिवृद्धि कर छूट दिइने भएको छ ।
महिला उद्यमीलाई परियोजनाका आधारमा बिना धितो ऋण उपलब्ध गराउन रकम विनियोजन गर्ने अर्थमन्त्रीले बताएका छन् ।
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह स्थापना गरिने भएको छ ।
0 comments
Write Down Your Responses